देशको खबर

निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही रु १५ हजार जरिवाना गर्ने भएको छ । तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार तीन सय ९८ जनासमेत जम्मा दुई हजार चार सय ३५ जना उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) . . .


काठमाडौँमा अपराधिक गतिविधि बढ्दो

काठमाडौँ ।  काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो । आव २०७७-७८ मा पाँच हजार ६६२, आव २०७८-७९ मा आठ हजार नौ सय ७७ र आव २०७९-८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी वरि. . .


ओटिसी बजारमा ८४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्�. . .


भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने

काठमाडौँ । भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चालक अनुमतिपत�. . .


नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि ‘मिडिया ट्रायल’ गरियोः डा.राणा

जनकपुरधाम । नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गर्नुभएको छ । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा.राणाले सूचना र सञ्चारको य�. . .


भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताउनुभएको छ । पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवादी यात्राक. . .


ललिता निवास प्रकरण : नक्कली मोही बनेको आरोपमा दुई पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा आज ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँ�. . .


नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्. . .


चुनाव अवलोकन गर्न कम्बोडिया पुगेका ओली सोमबार साँझ स्वदेश फर्कदै

चुनाव अवलोकन गर्न कम्बोडिया पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ  स्वदेश फर्कदैछन् । कम्बोडियामा आइतबार चुनाव भएको थियो। सोमबार साँझ स्वदेश फर्किएपछि ओलीले मंगलबार नेपाल भ्रमणमा आएको चिनियाँ टोलीसँग भेट गर्ने कार्यक्रम छ। तीनदिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सी�. . .


लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था क�. . .


सप्तरीका खोलामा आकस्मिक बहाव आउन सक्ने जोखिम

सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ३ घण्टामा फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो । बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्र भएर बग्ने खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, आज बि. . .


अब विदेश भ्रमण जाँदा २५ सय अमेरिकी डलर सटही सुविधा पाइने

अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो । हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक . . .