देशको खबर

मनसुन देशभर फैलँदै

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अ�. . .


आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौँ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । उक्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पहिलेकै अवस्थामा ल्याउन गाह्रो पर्ने भएकाले सडक खन्न रोक �. . .


चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो । महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च रु ११ खर. . .


प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उहाँको नाम अनुमोदन भएको हो । बैठकको अध्यक्षता गरिरहनु. . .


नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको जवाफी बहस हुँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ । अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको आज सरकारी वकिलले जवाफ दिने र त्यसका लागि १ बजेसम्मको समय तोकिएको जिल्ला सरकारी वकील का�. . .


लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्�. . .


सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

काठमाडौं । मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अनुगमनमा त्यस्तो पाइएन। १ स�. . .


भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न-नगराउन निर�. . .


नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : महानगरप्रमुख साह

काठमाडौं । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने जानकारी दिनुभएको �. . .


नेपालले ओमानलाई हरायो

काठमाडौँ । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो । ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका कुशल भुर्त�. . .


सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वान–एक्स बेटलगायत बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजका एजेन्ट, खेलमा संलग्न व्यक्ति र त्यसको प्रचारात्मक कार्यक्रममा सहभागिमाथिको अनुसन्धान तीव्र बनाएको छ । बुधबारमात्रै पाँच जना एजेन्ट पक्राउ गरेको प्रहरीले त्यसमा संलग्न अन. . .


पुरुष बास्केटबल : नेपालले पाकिस्तानलाई हरायो

काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि �. . .