समाचार

गण्डकी प्रदेश : ३३ अर्ब ४२ करोडको बजेट

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गर्नुभएको हो । चालुतर्फ रु १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार र पूँजीगततर्फ रु २० अर्ब १९ करोड चार �. . .


विराटानगरको लर्ड बुद्ध निकेतन स्कुलमा पाक शिक्षा सम्बन्धी तालिम

विराटनगर । विराटनगर २ दुर्गा चौकस्थित लर्ड बुद्ध निकेतन स्कुलमा पाक शिक्षा सम्बन्धी तालिमका कक्षाहरु संचालन भएका छन्। यस शैक्षिक सत्रदेखि आधारभुत होटल व्यवस्थापन अन्तर्गतको पाक शिक्षा सम्बन्धी तालिमका कक्षाहरु संचालन ल्याएको लर्ड बुद्ध निकेतन स्कुलले जनाएको छ। कक्षा ६ देखि ९ सम्मका विद्यार्थीह�. . .


नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उहाँले सपथ लिनुभएको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकाय�. . .


पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि �. . .


बजेटका शीर्षकमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजनन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ । छलफलमा सहभागाी हुँदै सांसद अर्जुननरसिंह केसीले ‘डोजेर’ विकासको अन्त्य गर्न माग गर्नुभयो । मालपोत कार्यालयहरु भ्रष्टाचार र अनियमितताको केन्द्र भएको टिप्पणी गर्दै त्यस्ता क्रियाकल�. . .


नागरिक उड्डयन प्राधिकरणद्वारा महानगरका प्रमुख बालेन साहलाई स्पष्टीकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई सातदिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख साहको निर्देशनमा बिहीबार भत्काएपछ�. . .


तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताउनुभएको छ । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भ�. . .


सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको गुनासो सांसदहरुको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको मन्त्रालयगत छलफलमा भाग लिनुभएका सांसदहरूले पहुँचका आधारमा बजेट बाँडिएको, टुक्रे र साना योजनाका लागि पनि �. . .


नक्कली भूटानी शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गर्नुभएको छ । आज अदादलतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले जवाफी बहस सकेको हो । उहाँहरुले अभियुक्तका वकिलहरुले उठाएको कानुनी . . .


फूड डेलिभरी एप भोजको सेवा इटहरीमा सुरू

विराटनगर । नेपालको अग्रणी फूड डेलिभरी एप भोजले आफ्नो सेवा इटहरीमा सुरू गरेको छ। शुक्रबारदेखि भोजले आफ्नो ८ औँ शाखा इटहरीमा विस्तार गरेको हो । इटहरीका ग्राहकहरूले अब विभिन्न रेस्टुरेन्टहरूबाट स्वादिष्ट खानेकुरा र पार्सल आफ्नो घर र कार्यालयहरूमा भोज मार्फत अर्डर गर्न सक्ने भोज फुड डेलिभरीले जनाएक�. . .


जनपथ माध्यमिक विद्यालयको व्यवस्थापन समिती सदस्य छनौट प्रक्रिया स्थगित

विराटनगर । जनपथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्य छनौट प्रक्रिया स्थगित भएको छ । आज (शुक्रबार) तय भएको गठन प्रक्रिया अभिभावक तहबाट विरोध भएपछि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मलाई स्थगित गरिएको विद्यालय प्रशासनले सूचना जारी गर्दै जानकारी दिएको हो । विद्यालयबाट जारी गरिएको सूच�. . .


मनसुन देशभर फैलँदै

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अ�. . .