समाचार

एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्याले. . .


रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा सोमबार पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ । लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आफूविरुद्ध मुद्दा चलाउने प्रम. . .


कोशी प्रदेशको पुनः नामाकरण सम्भव छैन : मुख्यमन्त्री कार्की

उर्लाबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामाकरण असम्भव रहेकोे बताउनुभएको छ । आज मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उहाँले भन्नुभयो, “नेपाल बहुजातिय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान. . .


यतिखेर रुवाबासी गर्ने बेला होइन, पाएको जिम्मेवारी पूरा गर्ने समय हो : कांग्रेस महामन्त्री थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीका नेता, कार्यकर्ताले कांग्रेसको भविष्यबारे. . .


रास्वपाद्वारा ३६ विभाग गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समिति बैठकले पार्टीका ३६ विभाग गठन गरी ती विभागमा विभागीय प्रमुख तोकेको छ । बैठकले अर्थ नीति विभागको प्रमुखमा सो पार्टीका सांसद स्वर्णिम वाग्लेलाई तोकेको छ भने नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ । �. . .


गुरु (बृहस्पति) उदयको आजदेखि सकियो बाल दोष

काठमाडौँ । एक महिनाअघि अस्त भएको गुरु उदय भई आजदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । गुरुको बाल दोष आजदेखि सकि. . .


कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.सुरेश आचार्य नियुक्त हुनुभएको छ । उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकमा उहाँलाई नियुक्त गर्नुभएक�. . .


अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिँदै छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभएको छ । एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ठूला उद्योग �. . .


श्रमिक दिवश विशेष : श्रमिकको सामाजिक सुरक्षा कोषलाई कार्यान्वयन गर्नुपर्छ

विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यान्वयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् । उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने बताएका हुन् । जिफन्ट कोशी �. . .


भारत र नेपालका ९ टिम सहित विराटनगरमा कराँते प्रतियोगिता हुदै

विराटनगर । विराटनगरमा भारतको टिम सहित खुल्ला कराँते प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरको शहिद रङ्गशालाको कभड हलमा हुने भएको छ । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ र भारतका तीन टिमको सहभागि हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । भारत�. . .


अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा.बरमेजो नेपालमा

काठमाडौँ । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा.अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । पाँचदिने भ्रमणमा आइतबार साँझ नेपाल आइपुग्नुभएका उहाँले आज . . .


कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था

काठमाडौँ । नागरिकता वा राष्ट्रिय परिचयपत्र लिँदाकै बखत सबै नागरिकलाई स्थायी लेखा नम्बर (पान) जारी गर्ने सरकारको योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । करको दायरा विस्तारका लागि भन्दै सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था यही वर्षभित्र कार्यान्वयनमा ल्याउने उल्लेख थियो । निजी क्षेत्रल. . .