मलङ्गवा (सर्लाही) । सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिनुभयो । शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गर. . .
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प. . .
मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगा. . .
- रिता दाहाल बोकि प्रश्नभार मनष्पटलमा भौतारिन्छौ कत्ती यहाँ त्यहाँ दिदैनन जवाफ ईश्वरले कहिल्यै मन्दिर मस्जिदमा आफ्नै आत्मामा चिहाइकन हेर भेटिन्छन् कि पो त्यहाँ । आउदैन दया करुणा यदि कतै भने दीन दु:खी र असहायमा, बोल्दैनन आवाज तिम्रा यदि कतै भने अत्याचार र अन्यायमा, पाएरै सबल इन्द्रिय पनि कतै मिथ्या नह�. . .
काठमाडाैँ । वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न छोडेका बिरामीका लागि कोक्लियर इम्प्लान्ट (यो सानो इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसको श्रवण सुधार ग�. . .
सुरुङ्गा (झापा) । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जानकारीअनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्य�. . .
विराटनगर । विराटनगर १३ स्थित जेसी बाल सदन माध्यमिक विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापको रुपमा आफ्ना विद्यार्थीहरुलाई टपरी गाँस्ने तालिम प्रदान गरेको छ । सोह्र श्राद्व सुरु हुन लागेको बेला र संस्कृति परम्पराको जगेर्ना समेत हुने गरी उक्त तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ । कक्षा ४ देखि कक्. . .
मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासा. . .
भोजपुर । चिराइतो खेती भोजपुरका किसानहरुको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो । चिराइतो बिक्रीबाट वार्षिकरुपमा रू दशदेखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृष. . .
काठमाडौँ । पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर�. . .
-किरण न्यौपाने मैले बलिरहेको त्यो चितालाई हेर्दा मेरा मनमा अनेकन भावनाहरु खेल्न थाल्छन। आगोको ज्वालो दनदनी बलिरहेको छ छेउमा बा-आमा अनि ती बा-आमाको अचेत अवस्था हेर्दा हेर्दै कतिबेला मै एकोहोरिन पुगेछु। मेरा हातको नाडिमा तप्प आँसु खस्दा झस्किए तमाम मान्छेहरुको भिडभाड छ शोकमा परेकाहरु रुदै छन, हास्दै, �. . .
युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी सङ्घ थपिएको हो । जी २० का अध्यक्ष एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समूहको शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी सङ्घको प्रतिनिधत्व �. . .