समाचार

टोपबहादुर रायमाझी निलम्बित

काठमाडौँ । नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेकाे अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उहाँलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ �. . .


सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताउनुभएको छ । वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताउनुभयो । उहाँले भ�. . .


सामान्य अङ्कले घट्यो नेप्से

काठमाडौँ । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो । आज दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज . . .


विराटनगरमा राष्ट्रिय क्रिकेट टिमलाई नगरपरिक्रमा (तस्बिरसहित)

विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा सम्मानसहित नगरपरिक्रमा गराइएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगर महानगरपालिका परिक्रमा गराईएको हो । राष्ट्रिय क्रिकेट टिमलाई सम्मा�. . .


दश महिनामा २३ करोड ८३ लाख : खुल्ला सीमाबाट सामान भित्रन्छ, बाटोमा प्रहरी पक्रन्छ

विराटनगर । चालु आर्थिक वर्षको दश महिनामा नेपाल प्रहरीले २३ करोड ८३ लाख ६७ हजार ८४४ रुपैँया बराबरको भन्सार चोरी निकासी र पैठारी भएका सामान नियन्त्रण गरेर राजस्वमा संकलन गरेको छ । चोरी निकासी र पैठारीमा संलग्न ६८ जना पक्राउ गरेको नेपाल प्रहरीले खुल्ला सीमानाका भएका कारण यसको नियन्त्रण जोखिम रहेको बताउ�. . .


विराटनगरमा शेखर कोइरालाले भने–नक्कली शरणार्थी प्रकरणमा जोडिने जतिलाई कारवाही हुनुपर्छ

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा गिरोहका रुपमा जोडिएका सबैलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा डाक्टर कोइरालाले राष्ट्रियस्तरको मात्रै नभई अ. . .


स्थानीय र प्रदेश सरकार भन्दा संघीय सरकारको पूँजीगत खर्च उत्साहजनक

विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिना बित्न लाग्दा प्रदेश सरकारको ४० प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । स्थानीय सरकारले ३६ प्रतिशत गरेका छन् । संघीय सरकारको ५० प्रतिशत खर्च भएको तथ्यांक छ । आर्थिक वर्ष समाप्त हुन लाग्दा पूँजीगत खर्चको निराशाजनक अवस्थाले परियोजनाको लागत खर्च मात्रै ब. . .


बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्घी�. . .


नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई प्रहरी परिसर ल्याइयो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ. . .


नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ । पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई �. . .


कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज(बुधबार)दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-�. . .


सप्तरीमा बालिका बलात्कार आरोपितलाई १८ वर्ष कैद

सप्तरी । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई मंगलबार १८ वर्ष कैद सजाय भएको छ। जिल्ला न्यायाधीश डा‍. राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । आरोपितले सात लाख जरिवाना तिर. . .