समाचार

विराटनगर किंग्सको कन्सर्ट हुदै , नितेश जंग कुवर आउने

विराटनगर भाद्र १७ , विराटनगर किंग्सको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी भदौ २१ गते सांगीतिक कार्यक्रम हुने भएको हो। कन्सर्टमा युवामाझ लोकप्रिय गायक नितेश जंग कुवर प्रस्तुत हुनेछन्। कार्यक्रम विराटनगरको जैन भवनमा हुनेछ साथै अन्य स्थानीय कलाकार सुभम एण्ड द ब्याण्ड साथै मृतुन्जयको स�. . .


आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक ब�. . .


प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाई सभापतिमा अधिकारी

विराटनगर । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी. . .


विराटनगरका उद्योगीसँग आइएफसी लगानी संभावनाका मापदण्ड बारे अन्तरक्रिया

विराटनगर । विश्व बैंक अन्तर्गतको समूह इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले लगानी वातावरण कायम भए यस्ता उद्योगमा सस्तो ब्याजमा लगानी गर्न सकिने बताएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीसँग आइतबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइएफसीका प्रतिनिधिले यस्तो बताएका हुन् । नेपा�. . .


सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचारको प्रारम्भः अत्याधुनिक मेसिन सञ्चालनमा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोगको उपचार सेवा शुभारम्भ गरेको छ । अस्पतालमा आयोजित कार्यक्रमका बीच उक्त मेसिन हस्तान्तरण गर्दै मन्त्री पौडेलले सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्र�. . .


देशको समृद्धिका लागि भौतिक विकास मात्र पर्याप्त होइन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वि�. . .


बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक

रामेछाप । जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम �. . .


अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो । बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ ह�. . .


कोशीका भौतिकमन्त्री राई कुवेत जाने, खर्च आयोजकले व्यहोर्ने

विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई कुवेत जान लागेका छन् । जनसम्पर्क समिति कुवेतको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवं �. . .


काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् । साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै ¥यालीसहित स्वा�. . .


शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ

काठमाडौं । नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ  । सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।उनीहरुले भदौ ११ देखि नि. . .


एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् । सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिखर सम्मेल�. . .