समाचार

पूर्ब कप्तान पारस खडका सही अबसर आए राजनीतिमा आउने

काठमाडौं नेपालको राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडकाले सही अबसर आए राजनीतिमा आउन सक्ने बताउनुभएको छ । यद्दपी उहाँले तात्काल नेपालमा क्रिकेटका बिकास नै प्राथमिकतामा हुने प्रष्ट्याउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गर्नुभएका पारसले सञ्चारकर्मीको जिज्ञासा. . .


आचार्य बालकृष्णको जन्मोत्सव जडीबुटीका बिरुवा रोपेर मनाइँदै

काठमाडौँ जडीबुटीको अध्ययन र अनुसन्धानमा लाग्नुभएका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ । स्याङ्जा जिल्लामा जन्मनुभएका उहाँले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा योगदान पुर्याउनुभएका योग गुरु रामदेवसँग सहकार्य गरी जडीबुटीका औषधि बनाउन स�. . .


प्रदेशसभा सदस्य पदमुक्त प्रकरण : कर्णालीमा गुम्यो एमालेको एकल बहुमत

कर्णाली नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर सरकारको नेतृत्व गर्ने कसरतमा जुटेका नेताहरुले अन्ततः आफँैले गरेको कारवाही अदालतबाट सदर भए�. . .


झापा र मोरंगका करीब तीन हजार भुटानी शरणार्थीलाई लगाइयो कोरोना विरुद्धको खोप

दमक झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो । नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चा. . .


आयोग खारेजीसँगै धादिङका सुकुम्बासी अन्योलमा

धादिङ भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को हालैको निर्णयले खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोबासलाई मापदण्ड बनाएर व्यवस्थित गरिने काम अलपत्र परेको हो । त्रिप. . .


कोरोना विरुद्धको ‘भेरोसेल खोप’ दोस्रो मात्रा शुक्रबारदेखि लगाइदै

काठमाडौँ सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको ह�. . .


फलाम कुटेर बाल्यकाल बिताएका गङ्गाबहादुरको आधुनिक कृषि फार्म

खोटाङ कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुरले बुवाले आरनमा गरेको परिश्रमको कमाइले परिवारको सम्पूर्ण गर्जो टार्नुपर्ने बाध्यता थियो कुनै बेला । कमजोर आर्थिक अवस्थाको परिवारमा जन�. . .


विद्द्यूत आपुर्तिका समस्या बारे विद्द्यूत प्राधिकरण विराटनगरलाई ध्यानाकर्षण गराउदैं नागरिक निगरानी संस्था

विराटनगर भ्रष्टाचार विरद्ध आवाज उठाउदै आएको विराटनगरस्थित नागरिक निगरानी संस्थाले विद्द्यूत प्राधिकरण विराटनगरका प्रमुखलाई भेटि विद्द्यूत आपुर्तिमा देखा परेका समस्याहरु र उपभोक्ताले व्यहोर्नु परेको कठिनाईका बारेमा ध्यानाकार्षण गराएको छ । साथै संस्थाले वजेट भाषणमा उल्लेख भएअनुसार लकडाउ�. . .


बिएस्सी सिएसआईटीमा एम्सको उत्कृष्ट नतिजा

विराटनगर । विराटनगर–९ कलेज रोडमा रहेको एम्स कलेजले बिएस्सी सिएसआईटीको २०७६को पहिलो सेमेस्टारमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा अध्यापन भइरहेको यस विषयको हालै प्रकाशित नतिजा अनुशार एम्सका २३ जना विद्यार्थीमध्ये १८ जना उत्कृष्ट अंक ल्याउदै उत्तिर्ण भएका छन् �. . .


ब्राउन सुगर सहित एक जना पक्राउ

दमक । झापा गौरादह नगरपालिका १ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे७ प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ताजपुरि�. . .


दार्चुला पुगेको धामी बेपत्ता छानबिन समितिले अनुसन्धान थाल्यो

दार्चुला जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोज�. . .


तेस्रो लहरको तयारी गर्दै सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण

भक्तपुर कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टाय�. . .