समाचार

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा संसदीय समितिको बैठक बस्दै छन् । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेका हुन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्थास�. . .


आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णा. . .


कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन् । अनशनमा रहेका उनीहरुले माग पूरा नभएसम्म अनशन नतोड्ने बत�. . .


कोशी प्रदेश मन्त्रिपरिषद् ः यस्ता छन् तीन निर्णय

विराटनगर । कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने गरी ‘योगदानमूलक निवृत. . .


विराटनगरमा पशुबधशाला : २०६६ सालदेखि बन्न थाल्यो, आधा बनेपछि खण्डहर बन्यो

इन्दु साह विराटनगर । विराटनगर–८ मा २०६६ सालदेखि निर्माण थालिएको पशुबधशालाका लागि चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदान अन्तर्गत एक करोड रुपैँया बजेट बिनियोजन भएको थियो । सोह्र वर्षदेखि निर्माणाधीन चरणमै रहेको बधशाला आधा बनेर सम्पन्न प्रतिक्षामा छ । तर, बजेट आउँदा समेत त्यस रकम बराबरको निर्. . .


कुलिङ पिरियड’ सम्बन्धी विद्येयक सहमतीभन्दा फरक तरिकाले पारित भएको भन्दै नेकपा माओवादी द्वारा आपत्ति

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी भएको सहमति सदनमा प्रस्तुत र पारित हुँदा फरक पारिएको भन्दै नेकपा माओवादीले आपत्ति जनाएको छ ।बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुग्यो भन्ने प्रश्न गर्दै य�. . .


श्री पोखरिया माध्यमिक विद्यालयले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ।

विराटनगर । सुलभ र सुविधायुक्त शिक्षाको पहिचान बनाउँदै आएको श्री पोखरिया माध्यमिक विद्यालय, विराटनगरले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ। विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार कक्षा ११ को प्रवेश परीक्षा यही असार २० गते शुक्रबार बिहान ६:३० बजे विद्यालय परिसरम�. . .


कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता : गृहमन्त्री लेखक

बैतडी । गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८२ सम्म लिएर जानुपर्ने बताएका छन् । बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन् । उनले भने, ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम�. . .


आन्दोलन गरेर मात्रै नेपालको प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितीको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन गर्नै पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित वर्तमान मुलुकको अवस्था र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वदायी भूमिका विषयक अन्तरसंवाद का�. . .


मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भ�. . .


निजामती सेवा विधेयकमा कुलिङ पिरियडको विवाद

काठमाडौं । निजामती सेवा विधेयकमा कुलिङ पिरियडको कीर्तेबारे राज्य व्यवस्था समितिको बैठकमा सदस्यहरूबीच चर्काचर्की परेको छ । बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सदस्यहरूबीच चर्काचर्की परेको हो । उक्त निजामती सेवा विधेयकमा कुलिङ पिरियडको कीर्तेबारे समितिको बैठकमा बोल्दै नेकपा (एमाले) का स�. . .


मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास !

जनकपुर । मधेश प्रदेशकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट प्रयास भएको छ । उनले आफूमाथि गएराति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।गएराति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लिमा आफूलाई दुई जना केटाले लखेटेर लुट. . .