जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरी आमाको उपचारको क्रममा मृत्युु

<span class='c1'>जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरी</span> <span class='c2'>आमाको उपचारको क्रममा मृत्युु</span>

जुम्ला । जुम्लामा सुत्केरी भएर हेलिकप्टर मार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचार गर्दा गर्दै मृत्युु भएको छ। तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियोे। उपचारको क्रममा राती एक बजे उनको मृत्युु भएको प्रदेश अस्पतालले जनाएको छ।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो तर प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्