एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य

<span class='c1'>एनआरएनएमा आमूल परिवर्तन आवश्यक</span> <span class='c2'>: रविन बज्राचार्य</span>

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार रविन बज्राचार्यले (एनआरएनए) संस्थामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले एनआरएनएको नेतृत्व सम्हालेर विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हितमा काम गर्ने इच्छा रहेको बताए । अमेरिकामा बसोबास गर्दै आएका बज्राचार्यले भने, ‘म एनआरएनएको अध्यक्ष भएर तपाईँहरूलाई सेवा गर्न चाहन्छु । त्यसका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । तपाईँहरूको साथ र सहयोगले आफू विजयी हुनेमा ढुक्क छु ।’ उनले संसार परिवर्तनशील भएकाले एनआरएनएमा पनि समयअनुसार परिवर्तन आवश्यक रहेको बताए ।
‘पुरानै तरिकाले काम भइरहँदा एनआरएनएको अवस्था अहिले यस्तो बनेको छ कि संसारभर ‘हामी एनआरएनए हौँ’ भन्न पनि लाजमर्दो स्थिति सिर्जना भएको छ,’ उनले भने, ‘त्यसैले एनआरएनएभित्र आमूल परिवर्तन, बृहत् एकता र संस्थाका सम्पूर्ण कारोबारमा पारदर्शिता ल्याउन मैले उम्मेदवारी दिएको हुँ ।’

बज्राचार्यले गैरआवासीय नेपालीलाई नेपालको संविधानले राजनीतिक अधिकारबाहेक नेपालीसरह अधिकार दिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा ढिलाइ भएको गुनासो गरे । ‘संविधान बनेको आठ वर्ष बितिसक्दा पनि नेपालमा बारम्बार सरकार परिवर्तन भइरहँदा संविधानले दिएको अधिकार समेत पूर्ण रूपमा प्रयोग गर्न पाएका छैनौँ,’ उनले भने । आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनएको १२औँ विश्व महाधिवेशनलाई लक्षित गर्दै बज्राचार्यले बुधबार आफ्नो उम्मेदवारी दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्