समाचार

राष्ट्रिय परिचयपत्र नम्बर बिना वालेट अद्यावधिक नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) सम्बन्धी व्यवस्था संशोधन गर्दै राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने निर्णय गरेको छ। शुक्रबार जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधनअनुसार अब नेपाली नागरिकलाई वालेट खोल्दा राष्ट्रिय परिचयपत. . .


सीमा नाकाको समस्या समाधानका लागि स्थलगत अध्ययन आवश्यक : गृहमन्त्री गुरुङ

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफूले सिमावर्ती नाकामा नियमित रूपमा छड्के अनुगमन गर्दै आएको बताएका छन् । समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले छड्के अनुगमनका क्रममा सुरक्षा न�. . .


कोशी प्रदेशमा शिशुको डायपरदेखि महिलाको मलद्वारसम्म ब्राउन सुगर ओसारपसार

प्रेम देवान विराटनगर । कोशी प्रदेशमा लागुऔषध कारोबारीहरूले प्रहरीको आँखा छल्न नयाँ–नयाँ शैली अपनाउन थालेका छन् । पछिल्लो समय झापा र मोरङमा प्रहरीले फेला पारेका दुई फरक घटनाले लागुऔषध ओसारपसारको शैली झनै जोखिमपूर्ण र चकित पार्ने बन्दै गएको देखाएको छ । झापाको भद्रपुरमा दुई महिनाको शिशुको डायपरभित�. . .


१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट २१ वर्षीय युवक पक्राउ

विराटनगर । प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित मोरङ प्रहरीले विराटनगरबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–१२ का २१ वर्षीय धनकुमार यादव रहेका छन् । उनलाई विराटनगर महानगरपालिका–४ स्थित लालिगुराँस टोलबाट पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विरा�. . .


धनुषामा हवाई फायरगरी भारतीय लागुऔषध कारोबारी पक्राउ

जनकपुर । धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं.६ बाट २ जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो । धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत. . .


भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित . . .


विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि वामपन्थी शक्तिहरूको आवश्यकता अझ बढी महसुस गरिएको बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसको स�. . .


स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ। बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै स�. . .


नेपालको शेयर बजार : सुधारको अपेक्षा, लगानीकर्ताको विश्वास र अबको दिशा

नेपालको पूँजीबजार अहिले संक्रमणकालीन अवस्थामा छ। एकातिर अर्थतन्त्रका अधिकांश सूचकहरू सुधारोन्मुख रहेको सरकारको दाबी छ भने अर्कोतिर दोस्रो बजारमा लगानीकर्ताको मनोबल अझै पूर्ण रूपमा फर्किन सकेको छैन। पछिल्ला महिनाहरूमा बजारमा उतारचढाव, कर नीतिमा परिवर्तन, नीतिगत अन्योल तथा लगानीकर्ताको मनोविज्ञ�. . .


स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, आर्थिक अनियमिततामा शून्य सहनशीलता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाएको छ। रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचनामा स्वकीय सचिवको पारिश्र�. . .


इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् । शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानल�. . .


झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्यु�. . .