समाचार

सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ मंगलबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि सामा. . .


वर्षाले विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध

काठमाडौँ । वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्द�. . .


विराटनगरमा अत्याधुनिक ‘त्वचा स्किन ,हेयर एण्ड लेजर क्लिनिक’ संचालनमा

विराटनगर असार ३ , पूर्वी नेपालमा छाला तथा कपाल सम्बन्धी समस्याको गुणस्तरीय उपचारका लागि अत्याधुनिक प्रविधियुक्त "त्वचा स्किन,हेयर एन्ड लेजर क्लिनिक" विराटनगर-५, मुनालपथमा संचालनमा आएको छ। अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्रविधिहरु समेटिएको यस क्लिनिकको सञ्चालन वरिष्ठ डर्माटोलोजिस्ट डा. सुन�. . .


त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थ. . .


आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधे�. . .


नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् । यसअघि. . .


आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रल�. . .


आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रह�. . .


इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो । आक्रमण पश्चात आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने,. . .


त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । सोमबार नेदरल्याण्ड्ससँग पहिलो र दोस्रो सुपर ओभरमा बराबरी खेलेको नेपालले तेस्रो सुभर ओभरमा नेपालले रन बनाउन सकेन् । पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो . . .


युवा उद्यमीहरूका लागि विराटनगरमा इनक्युबेशन सेन्टर सञ्चालनमा

विराटनगर । सीएनआई वाई ई एफ कोशी प्रदेशले नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धनका लागि स्थापना गरेको इनक्युबेशन सेन्टरको उद्घाटन नेपाल सरकारका पूर्व रक्षामन्त्री हरि उप्रेतीले गरेका छन्। विराटनगरमा आयोजित कार्यक्रममा पूर्व रक्षामन्त्री उप्रेतीको प्रमुख आतिथ्यमा यो केन्द्रको भव्य उद्घाटन भएको ह�. . .


सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रव�. . .