पुर्व

झापा र मोरङबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

विराटनगर । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१. . .


प्रदेश १ का केहि स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं १ का एक–दुई स्थानमा मेघगर्जन-च. . .


प्रजातान्त्रिक विचार समाजको नयाँ कार्यसमिति चयन

विराटनगर । प्रजातान्त्रिक विचार समाज मोरङको अध्यक्षमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी चयन भएका छन् । समाजको शनिबार विराटनगरमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुखसमेत रहेका नेपाली कांग्रेस मो. . .


लेक लागि अचेत अवस्थामा रहेकी भक्तजनको प्रहरीद्वारा उद्दार

सोलुखुम्बु । सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका १ स्थितमा रहेको प्रसिद्ध धार्मिक स्थल ठुलो दुधकुण्ड को दर्शनार्थ आएका एक भक्तजनको प्रहरीद्वारा उद्दार गरिएको छ । गत २६ गते दर्शनको लागि गएकी युवती ४६०० मि. उचाईमा रहेको दुधकुण्ड नजिकै लेक लागि अचेत अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिए�. . .


मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

काठमाडौं ।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका ल�. . .


इलामका किसानले दिन्छन् ‘ओभर टाइम’ रोजगारी

विराटनगर । झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बु साउन अन्मितदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैंची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरको रुपमा लिम्बुले किसानबाट रोजगारी पाउँदै आउनु भएको हो । रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनु भएका लिम्बुला. . .


एसले भदौमा संगठन विस्तार र कमिटी निर्माण गर्ने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको शुक्रबार बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको छ । सचिवालय बैठकमा प्रदेश नंं. १ पा�. . .


धरानमा रेड पाण्डाको छालासहित ३ जना पक्राउ

धरान उपमहानगरपालिका–१५ श्याम चोकबाट एक थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूच�. . .


विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित

विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्व�. . .


सुन्दरहरैँचाबाट लागूऔषध गाँजा सहित एकजना पक्राउ

विराटनगर । सुन्दरहरैँचा नगरपालिका-१० खोर्साने चोकस्थित सेसेहाङ होटलका संचालक ४१ वर्षीय संजय लिम्बुलाई करिब १ केजी ७ सय २० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनलाई �. . .


पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

विराटनगर । झापा र ताप्लेजुङको २ फरक फरक स्थानहरुमा पौडी खेल्ने क्रममा ३ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो करिब ४ बजे झापा शिबसताक्षी नगरपालिका-९ आईतबारे बस्ने सुस्मा सुन्दासकी छोरी ११बर्षीया एन्जिला सुन्दास र सोही स्थान बस्ने धुर्व राईको छोरा १२ बर्षीय सिकुम राई स्कुलबाट घर फर्की कन्काई सिँचाई न. . .


दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

भोजपुर । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसान. . .