विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्�. . .
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका–९, ८ र . . .
झापा । झापा जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आज आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सो जानकारी दिँदै प्रक्रिया पूरा गरेर ध. . .
विराटनगर । कोशी पर्यटन वर्ष २०८२, उद्घाटन तयारीसँगै पर्यटन व्यवसायीले भारतीय पर्यटकसँगको सम्बन्ध जोड्ने कार्यक्रमको तयारी गरेका छन् । नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) कोशी र इष्टर्न हिमालय ट्राभल्स एण्ड दुर अपरेटर्स (एटो) इन्डियाबीच क्रस बोर्डर पर्यटन सहयोग आदानप्रदानका कार्यक्रम ह�. . .
प्रेम देवान विराटनगर । कोयोङ्वा याक्खा समाज केन्द्रीय कार्य समिति धरानले प्रकाशित गरेको याक्खा जातिभित्रको कोयोङ्वा थरको प्रथम वंशावली पुस्तक विमोचन गरिएको छ । प्रथम कोयोङ्वा पुर्खा तथा अग्रज व्यक्तित्व एवं ऐतिहासिक थातथलोबारे समावेश गरिएको पुस्तक धरानमा रहेको किरात याक्खा छुम्माको केन्द्रीय �. . .
झापा । मेचीनगर नगरपालिका-८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । करिब १० कट्ठा जमिनमा खेती सुरु गर्नुभएका उहाँले एक याममा रु तीन लाख आम्दानी गरिरहनुभएको छ । वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गर्र्नुभएको हो । खेतीबाट मनग. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हाबी हुन लागेको बताउँदै यस्तो भए अर्थतन्त्रमा खेलाँची हुने बताएका छन् । उनले सरकारलाई अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार नभएको पनि सम्झाएका छन् । गर्भनर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने सरका�. . .
भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गङ्गा खोलाको संरक्षण थालिएको छ । गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् । ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्था. . .
खोटाङ । धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी �. . .
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (सालिक)सहितको यलम्बर पार्क (उद्यान) को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिक एवं पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका ३० रोपनीभन्दा बढी सरकारी जग्गामा किराती प्रथम राजा यलम्बरक�. . .
विराटनगर । तेह्रथुमबाट काठमाडौं लैजाँदै गरिएका एक जना थुनुवा इटहरीबाट आज(शुक्रबार) दिउँसो फरार भएका छन् । प्रहरीका अनुसार ठगी मुद्दाका सुनसरीको धरान उपमहानगरपालिका–१ घर भएका २५ वर्षीय धनबहादुर भुजेल इटहरीबाट दिउँसो ४ बजेतिर फरार भएका हुन् । भुजेलसहित तेह्रथुमको लालीगुराँस नगरपालिका–७ का ३२ वर्ष�. . .
विराटनगर । मोरङमा कुकुरको टोकाइबाट एक जनाको मृत्यु भएको हो । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो । स्थानीयका अनुसार मगरलाई बिहीबार बिहान ९ बजे कुकुरले टोकेको थियो । दायाँ खुट्टा�. . .