पुर्व

सुनसरीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो । जसमा रु ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताउनुभयो । स्थानीय ब. . .


विराटनगरका दुईहजार चारसय घरको ढल पुग्न थाल्यो ट्रिटमेन्ट प्लान्टमा

इन्दु साह विराटनगर । विराटनगरका दुईहजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल ट्रिटमेन्ट प्लान्टसम्म पुग्न थालेको छ । प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र विराटनगर–१४ स्थित जतुवाका सिंघीया खोला किनारमा छ । उक्त केन्द्रसम्म महानगरपालिकाका दुई हजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल प्रणालीमा जोडिएको ह. . .


ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र स्. . .


सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए

सुवास दर्नाल/रासस सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार ग�. . .


थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू । माहोल हेर्न लायक थियो । प्लाष्टिक र चित्राले बनाइएका दर्जनौँ स्टलमा राखिएका चौँरीजन्य स�. . .


होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

संगीता राई / रासस धरान (सुनसरी) । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके । कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैँ भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्. . .


सुन टल्काउने बहानामा ठगी गर्न संखुवासभा पुगेका बिहारका दुई जना पक्राउ

विराटनगर । सुन टल्काउने बहानामा ठगी गर्ने भारतका दुईजना युवा संखुवासभा खाँदबारीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भारत बिहार, बेगुसराई नावकोठका २८ वर्षीय बिवेक कुमारलाई चैत २९ गते र विहार समस्तिपुर पुसाहोका ३५ वर्षीय गंगा बिष्णु साहलाई चैत ३० गते पक्राउ गरेको हो । जिल्ला प्रह�. . .


सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो । सोमबार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ �. . .


गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभरा मन्दिरको दर्शन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा वि.सं.२०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गर. . .


भोजपुरको पर्यटकीयस्थल नागछाँगा ओझेलमा

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ । गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर संरक्षणको कामथालेको हो । ढुङ्गाभरि जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अ. . .


भोजपुरमा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ल�. . .


झापामा करेन्ट लागेर एक जनाको मृ*त्यु

भद्रपुर (झापा) ।झापा जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । आज(शनिबार) बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभय. . .