पुर्व

इलाममा हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा

काठमाडौँ । नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो। यसरी पालिकास्तरबाट संरक्षण क�. . .


झापामा भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ

बनियानी (झापा) । यहाँको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०:३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई �. . .


सबै प्रदेशमा सेवा विस्तार गर्दै क्यान्सर अस्पताल

चितवन । चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरम�. . .


इटहरीमा डेढ वर्षीया बालिकाको हत्या, आरोपित सालिग्राम लुइँटेलमा मानसिक समस्या

विराटनगर । इटहरीमा शनिबार दिउँसो एक नाबालिकाको हत्या गरिएको छ । मानसिक समस्या भएका इटहरी ५ पचरुखीका ३० वर्षीय सालिग्राम लुइँटेलले आफ्नै डेढ वर्षीया भतिजी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेकाे आरोप छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, सालिग्रामलाई घटनास्थलबाटै ब्लेडसहि. . .


मोरङ र सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राती सुनसरीको रामधुनी नगरपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ज.२ प ५५९५ नम्बरको मोटरसाईकल चालक रामधुनी-७ का ३० वर्षीय थोमन नेपालीलाई निषेधित औषधि ट्रामानिल २८४० क�. . .


सोलुखुम्बुमा करेन्ट लागेर एक जनाको मृ*त्यु

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ स्थितमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-४ का ४० बर्षीय बिष्णु राई रहेका छन् । शनिबार दिउँसो दुधकुण्ड नगरपालिका-६ स्थित जंगलमा विद्युत कार्यालयले हाजिरामा रुखको हाँगा काट्न स्थानीय ४० वर्षीय बिष्णु �. . .


मौसम पूर्वानुमानः देशभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । बागम. . .


कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन् : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर समेत रहनुभएका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गर्नुभयो । मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अति�. . .


कविता सङ्ग्रह “हावामा अल्झिएकाे स्वर” लाेकार्पण

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित कवि सिजन श्रेष्ठको कवितासङ्ग्रह "हावामा अल्झिएको स्वर" को लोकार्पण गरिएको छ। सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृतिको लोकार्पण गरेका थिए । ५३ वटा कविता समावेश गरिएको सङ्ग्रहका बारेमा डा. दीपकप्रसा�. . .


झापामा डेंगुबाट शिक्षिकाको मृत्यु

बिर्तामोड । झापा हल्दिबारी–४ का ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजेटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारका लागि उहाँलाई बीएण्ड. . .


युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

टक्सार (भोजपुर) । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपु�. . .


प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद अझै सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

झापा साउन २५, सम्पर्कविहीन भएका प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद सिटौलाका परिवार तथा आफन्तजनले उनको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन्। सिटौलाकी आमा पवित्रा सिटौलाले छोराको खोजी गरिदिन आग्रह गरेकी छन्। बिहीबार साँझ बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छोरालाई घरबाटै लैजाने तीन जना व्यक्तिह�. . .