slider

झापाको मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या

झापा । झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् । आज बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको �. . .


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद शेयरको आवेदन खुला गरिने

दोलखा । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद शेयरको आवेदन भदौ १८ गतेदेखि खुला गरिएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप�. . .


औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

काठमाडौँ । सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण गरेको हो । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु १३ हजार आठ सय ९३ तोकिएको छ । . . .


अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘गोर्खा वारियर’

काठमाडौँ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खाने. . .


नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको प्रतियोगिता हुँदै

काठमाडौँ ।नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको आयोजनाको रूपमा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ । अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले ब्याडमिन्टन एसियाले सञ्चालन गर्ने उक्त प्रतियोगितामा यु–१५ र यु–१७ गरी दुई विधामा प्रतिस्�. . .


मधेस प्रदेश : दोस्रो अधिवेशन आह्वान गर्न ढिलाइ

धनुषा । मधेस प्रदेश प्रदेशसभाको पहिलो अधिवेशन सकिएको भएको एक भई महिना भए पनि हालसम्म प्रदेशसभाको दोस्रो अधिवेशनको आह्वान गरिएको छैन । गत असार ३१ मा मधेस प्रदेशसभाको पहिलो अधिवेशन सकिएको थियो । प्रदेश सरकारको सिफासिरमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गर्नुपर्ने प्रवधान छ । प्रदेश सरकारका �. . .


मलेसियामा विमान दुर्घटना हुँदा दश जनाको मृत्यु

मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भन्नुभयो, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मो�. . .


लम्पी स्किन विरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने तयारी

काठमाडौँ । मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न मुलुक तथा दातृ निकायसँ. . .


चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गर्नुभएको छ । चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना युनान नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर�. . .


सामान्य अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका कुल ४० लाख नौ हजार २६३ कित्ता शेयर रु एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ दशमलव ७९ मा कारोबार भएको छ । यो दिन. . .


सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ नियमित हुने

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्नेभएको छ। न्यायाधीश राजकुमार खतिडवाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो । साथै अदालतले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका. . .


विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

काठमाडौँ । नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली विकास बैंक, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, शिक्षाका लागि वैश्विक साझेदारी, नर्वे सरकार, युनिसेफ, �. . .