काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुनेभएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ । सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भ. . .
सुरुङ्गा (झापा) । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ प�. . .
किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भएको १ नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको भलिबल टोलीले जितेको छ । खाँदबारीमा आज भएको फाइनलमा भोजपुर भलिबल टोलीलाई ३–१ को सेटमा हराउँदै ओखलढुङ्गाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टीम तेस्रो र पाँच�. . .
विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ । हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको जनाइएको छ । ९ कक्षा मुनिका विद्य�. . .
काठमाडौँ । रतन भण्डारीले लेखेको ‘नेपालको पहिलो महिलामन्त्री द्धारिकादेवी ठकुरानी’ पुस्तक विमोचन गरिएको छ । नेपालको पहिलो महिला मन्त्रीबारे लेखिएको उक्त पुस्तकको नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल र कांग्रेस नेता रमेश लेखकले आज संयुक्त रुपमा विमोचन गर्नुभयो । पूर्वउपप्रधानमन्त्री रावलले न�. . .
विराटनगर । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ नेपालमा क्यान्सर सम्वन्धी विभिन्न सचेतना कार्यक्रम आयोजना गरि विश्व क्यान्सर दिवस मनाएको छ । नेपाल क्यान्सर रिलिफ सोसाइटीले काठमाडौँमा शनिबार र्र्याली सम्पन्न गरेको छ। विश्वव्यापी महामारीका रुपमा रहेको क्यान्सर विरुद्ध लड्. . .
झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताउ. . .
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीका सबै जनवर्गीय सङ्गठन, जनसङ्गठन एवं सहायक सङ्गठनको बैठक आयोजना गर्ने निर्णय गरेको छ । सो बै�. . .
विराटनगर । चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर-२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् । साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प. . .
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ । उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने उद्देश्यले नयाँ नियम. . .
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय सङ्क्रामक रोग संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यही माघ १५ गतेसम्म राष्ट्रव्यापी प्रति चिकित्सा संस्थामा बिरामीक�. . .
वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २०२२ को जनवरीदेखि सन. . .