कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो बर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान् बनेको छ । आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल. . .
काठमाडौँ । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सद. . .
विराटनगर । विराटनगर-१२ स्थित बखरी आधारभूत विद्यालयको ३७ औं स्थापना दिवस भव्य रुपमा मनाइएको छ। वार्षिकोत्सवको अवसरमा खेलकुद स्पर्धामा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयका करिब २ सय विपन्न वर्गका विद्यार्थीलाई ट्र्याक सुट र स्टेशनरी समाग्री वितरण गरिएको स्कुलक�. . .
काठमाडौँ । मानवअधिकार र सूचना पैरवीका क्षेत्रमा लामो समय काम गर्नुभएकी लक्ष्मी तिवारी यतिबेला विधायिकाका रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । हिजो सामाजिक अभियन्ताका रुपमा आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गर्नुभएकी उहाँ यतिबेला भने त्यही कानुन बनाउने �. . .
झापा । झापाको मेचीनगर नगरपालिका-१३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार राती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकि रोङ गाउपालिका-६ इलामकि २३ बर्षीया उषा राई घाईते भएकी थिइन् । उनको उपचारको क्रममा बि एण्ड स. . .
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताउनुभयो ।. . .
विराटनगर । मोरङको सुन्दरहरैंचामा दुईजना बालिकालाई फकाएर बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो । उनीहरुले सुन्दरहरैंचा. . .
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला रु एक लाख तोकिएको छ । त्यस्�. . .
विराटनगर । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ अनुसार सिमेन्ट, क्लिङ्कर लगायत बस्तु निर्यात गर्दा अनुदान दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ । नेपाल सरकारले कार्यविधि संशोधन गरेअनुसार सिमेन्ट, डन्डी लगायत वस्तु निर्यातमा दिइने अनुदा�. . .
काठमाडौँ । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई. . .
विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा व्यवसायको स्वास्थ्य परीक्षण गरिने भएको छ । पुस ६ गतेसम्म आयोजना हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । एक्स्पोमा राखिएको स्टार�. . .
काठमाडौँ । चर्चित गायिका टिका प्रसाईको नयाँ ‘आश छ र त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका टिका र गायक नरेन कुलुङको स्वर रहेको म्युजिक भिडियो टिका प्रसाईको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द संगीत समेत गायिका प्रसाईकै रहेको छ । भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । �. . .