अन्तराष्ट्रिय

‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए

काठमाडौं । बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ अर्थात् आमिर खान आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । फिल्ममा आफ्नो भूमिकालाई अत्यन्तै गहिरो रूपमा अध्ययन गरेर काम गर्ने शैली अपनाएकाले बलिउडमा उनलाई ‘मिस्टर परफेक्सनिस्ट’को उपनामले चिन्ने गरिन्छ । तीन दशकभन्दा लामो फिल्मी करियरमा उनले केवल मनोरञ्जन मा�. . .


इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन

एजेन्सी । इरानलाई लक्षित गर्दै अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीको विरुद्ध शनिबार इटालीको राजधानी रोममा ट्रेड युनियन र सामाजिक समूहहरूले विरोध गरेका छन् । प्रदर्शनकारीहरूले मध्यपूर्वमा बढ्दो तनावले यस क्षेत्रलाई अझ अस्थिर बनाउने र विश्वव्यापी तनाव बढाउने जोखिम रहेको बताएका छन्। शनिबारको . . .


अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने

काठमाडौं । अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन् । उनले राज्य �. . .


मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ । अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया �. . .


चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

काठमाडौं । चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षणका क्रममा प्रतिघण्टा ४५० किलोमिटरको गति हासिल गरेको छ । यसले चीनको उच्चस्तरीय उत्पादन क्षमता र प्रविधि नवप्रवर्तनलाई थप सुदृढ बनाएको बताइएको छ । चीन रेल्वे विज्ञान एकेडेमीका प्रमुख अनुसन्धानकर्ता झाओ होङवेइका अनुसा. . .


चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै

काठमाडौं । चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ सम्भावना देखाएको छ । चीनको हाङझाउ सहरमा विकास गरिएको यस एआई चस्माले दृष्टिविहीन व्यक्तिलाई बाटो पहिचान गर्न, अवरोध चिनाउन र गन्तव्यसम्म पुग्न सहयोग पु¥याउन थालेको छ । पू. . .


खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर

काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले सामाजिक सञ्जाललाई ‘टक्सिक’ संस्कृति भएको बताउँदै खेलाडीहरूलाई त्यसबाट टाढा राख्नु आवश्यक रहेको बताएका छन् । हालै भारतले टि–२० विश्वकप २०२६ को उपाधि जितेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले टोलीको सफलताको मुख्य कारण खेलाडीहरूलाई ब�. . .


इरानमा अमेरिका–इजरायलको आक्रमण नेपाली भान्सामा मसला पड्काउने भुटुनमा समस्या

विराटनगर । इरानमाथि अमेरिका–इजरायलको वमबाडी चलिरहँदा त्यसको असर नेपाली भान्सामा पर्ने देखिन्छ । नेपाली भान्सामा प्रयोग हुने खानेतेलको मूल्यमा अप्रत्यासित बृद्धि हुनसक्ने अनुमान गरिएको छ । इरानसित इजरायल–अमेरिका युद्धले कच्चा वनस्पति तेलकोे मूल्यवृद्धि हुन थालेको छ । मूल्यबृद्धि मात्रै नभई कच्�. . .


दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानी लेनहरूको घर भएको उल्लेख गरेका छन् । आइतबार १४ औं राष्ट्रिय जन कांग्रेस (एनपीसी)को चौथो सत्रका क्रममा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा वाङले शान्ति, सहयोग र मित्रता चीनको अवधारणा हुनुपर्ने. . .


साउदी तेल केन्द्र र बहराइन बन्दरगाहमा आक्रमण, क्षेत्रीय युद्धको जोखिम बढ्यो

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सोमबार थप चर्किएको छ । राति केही समय शान्त देखिए पनि बिहान इरानले इजरायल र खाडी क्षेत्रका अन्य मुलुकहरूतर्फ नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । रुस टुडे, प्रेस टिभी इरान तथा इजरायलको १२४ न्यूजलगायतका सञ्चारमाध्यमका अनुसार साउदी अरेबियाको सरकारी तेल �. . .


इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा

काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत देखिएको छ । इरानसँग प्रत्यक्ष व्यापार न्यून भए पनि रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली र इन्धनका लागि भारतमार्फत हुने आपूर्तिमा अत्य. . .


आफ्ना सर्वोच्च नेता खामेनेई मारिएका इरानद्वारा पुष्टि, चालिस दिने शोक घोषणा

इरानले अमेरिकी र इजरेली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका पुष्टि गरेको छ। आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए। यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बु. . .