इरानमा अमेरिका–इजरायलको आक्रमण नेपाली भान्सामा मसला पड्काउने भुटुनमा समस्या

<span class='c1'>इरानमा अमेरिका–इजरायलको आक्रमण  नेपाली</span> <span class='c2'>भान्सामा मसला पड्काउने भुटुनमा समस्या</span>

विराटनगर । इरानमाथि अमेरिका–इजरायलको वमबाडी चलिरहँदा त्यसको असर नेपाली भान्सामा पर्ने देखिन्छ । नेपाली भान्सामा प्रयोग हुने खानेतेलको मूल्यमा अप्रत्यासित बृद्धि हुनसक्ने अनुमान गरिएको छ । इरानसित इजरायल–अमेरिका युद्धले कच्चा वनस्पति तेलकोे मूल्यवृद्धि हुन थालेको छ । मूल्यबृद्धि मात्रै नभई कच्चातेलका निर्यातकर्ताले अर्डर लिन छोडेका छन् । नेपालका आयातकर्ताले कच्चा ल्याएर प्रशोधन गरेपछि त्यो तेल उपभोक्तासम्म पुग्ने गर्दछ ।

युद्धका कारण भान्सामा प्रयोग हुने तेल मात्रै नभई सवारीमा प्रयोग हुने इन्धनमा समेत भारी बृद्धि भएको छ । खासगरी नेपालका उद्योगीबाट आयातका लागि अर्डर भइसकेको कच्चातेलको लोडिङ र र सिपमेन्ट पनि भइनरहेको नेपाली आयातकर्ताहरु बताउँछन् ।

किन यस्तो हुन्छ
युद्धका कारण मध्यपूर्वको मुख्य सामुद्रिक मार्ग स्टेट अफ हर्मुजमा अवरोध पुगिरहेको छ । यो मार्गको उत्तरमा इरान र दक्षिणमा ओमन छन् । जुन युद्धग्रस्त देश इरान नजिक छ । यद्यपी नेपाली आयातकर्ता भने हर्मुजको प्रयोग नगरी अर्को सामुद्रिक मार्ग स्वेज क्यानलबाट सामान ढुवानी गर्दछन् । तर स्टेट अफ हर्मुजमा अवरोध बढेपछि स्वेज क्यानल सामुन्द्रीक मार्गको ट्राफिक बढेको छ । जसका कारण कच्चातेलको मूल्य, आपूर्ति र ढुवानीमा असर परेको हो । नेपालका उद्योगीले आयात गर्ने कच्चातेल स्वेज क्यानलमार्फत आउने भएपनि त्यहाँ स्टेट अफ हर्मुजबाट डाइभर्ट भएका मालवहाक जहाजको लाम लागेका कारण निर्यातकर्ताले अर्डर लिएर सामान लोड गरिरहेका छैनन् । कच्चातेलका आपूर्तिकर्ताले निर्यातकर्तासँग अर्डर लिन मानिरहेका छैनन् । खाडी मुलुकले निर्यात गर्ने पेट्रोलियम पदार्थमध्ये २० देखि ३० प्रतिशत स्टेट अफ हर्मुजबाट ढुवानी गरिन्छ ।

कस्तो पर्नसक्छ असर
उद्योगीका अनुसार इरान र इजरायल युद्ध सुरु हुनुभन्दा अघि टनको १ हजार २२० डलर रहेको भटमासको कच्चातेलको मूल्य अहिले १ हजार २८० पुगेको छ । भटमासको कच्चातेल अर्जेन्टिना र ब्राजिलबाट आयात गरिन्छ । त्यस्तै युद्धअघि सूर्यमुखीको कच्चातेलको मूल्य टनको १ हजार ४ सय डलर रहेकोमा १ हजार ५२० पुगिसकेको छ । यो तेल युक्रेन र अर्जेन्टिनाबाट आयात गरिन्छ । श्याम एग्रो वयलका सञ्चालक एवं उद्योगी श्रवण अग्रवालले अहिले मालवस्तु मगाउन समस्या रहेको बताउँछन् । उनले भारतबाट ल्याउन सक्ने तोरी बाहेक अन्य विषयमा सोचिनरहेको बताए ।

पूर्वमा प्रशोधित तेलको सबैभन्दा ठुलो निर्यातकर्ता पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित शारडाले कच्चातेलका निर्यातकर्ताले नेपालका उद्योगीलाई नयाँ अर्डर नपठाउन नोटिस जारी गरेको सुनाए । नेपाली उद्योगीलाई पठाएको नोटिसमा मध्यपूर्वको वर्तमान परिस्थितिका कारण जहाजहरुको तालिका र पारवहन समय (ट्रान्जिट टाइम) अवरोध हुने उल्लेख छ । ढुवानी कम्पनीले प्रति कन्टेनर १ देखि २ हजारसम्म आपत्कालीन अतिरिक्त शुल्क लगाउने सम्भावना छ र सामान पुग्ने समयको कुनै ग्यारेन्टी नहुने उल्लेख छ ।

नोटिस जारी

निर्यातकर्ताले नोटिसमा पठाएका छन् ‘हामी हाम्रा ग्राहकलाई कडा सुझाव दिन्छौँ, जसले अहिलेसम्म सामान लोड गरेका छैनन् वा खालि कन्टेनर बुझेका छैनन्, उनीहरुले अर्को स्पष्ट जानकारी नआएसम्म आफ्ना ढुवानी र अर्डरहरु रोक्नुहोला ।’ युद्धअघि प्रति ब्यारल ७० डलर रहेको पेट्रोलियम पदार्थको मूल्य अहिले सय डलर प्रतिब्यालर पुगिसकेको छ । यसले समेत अझै नेपालमा थप जटिलता ल्याउनसक्ने संभावना बढ्दो छ । नेपालमा बुधबारदेखि लागुहुने गरी हवाई भाडामा गरिएको बृद्धि जस्तै यातायातदेखि अन्य वस्तुमा समेत यसको अवसर पुग्ने बताइन्छ ।
युद्धको कारण देखाउँदै ढुवानीमा बिमाशुल्कको रकम पनि वृद्धि गर्ने निर्यातकर्ताहरुले योजना बनाइरहेको उद्योगीहरु सुनाउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्