इरानले अमेरिकी र इजरेली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका पुष्टि गरेको छ।
आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी(इजरेली हमलामा परी खामेनेई मारिएका सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए।
ट्रम्पले इरानी जनता,अमेरिकी जनता र विश्वभरि धेरै मानिसका निम्ति न्याय भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्।
उनले बमबारी जारी रहने भन्दै इरानी जनताका लागि उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएक टिप्पणी गरेका छन्।