अन्तराष्ट्रिय

राष्ट्रपति बाइडेनमा पुनः कोरोना सङ्क्रमण

राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरल. . .


भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्। लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्�. . .


स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि

स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो । यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उ�. . .


‘युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने रूसी प्रयास’

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् । सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै शङ्का नरहेको बताइन् ।रूसका पछिल्ला अमानवीय गतिविधिले त्य�. . .


सुरक्षा कारबाहीमा परी पाकिस्तानमा एक सुरक्षाकर्मी र छ आतङ्कवादीको मृत्यु

पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा छ आतङ्कवादीको मृत्यु भएको छ । देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त अन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो । सोही क्रममा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सु�. . .


ब्राजिलमा मङ्कीपक्सबाट पहिलो मानवीय क्षति

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन । ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रा. . .


भारतमा २० हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जना. . .


श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक

सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ । सन् २०२० को अन्त्यसम्ममा �. . .


अफगानिस्तानको पूर्वी क्षेत्रमा ३ जना आईएस लडाकु मारिए

अफगानिस्तानको पूर्वी लाघमान प्रान्तमा सुरक्षा बलको आक्रमणमा कम्तीमा तीन इस्लामिक स्टेट (आईएस) लडाकूलाई मारिएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । अफगान सुरक्षा बलले बिहीबार राति प्रान्तको अलिङ्गर जिल्लाको कुण्डा गुल क्षेत्रमा आईएस लडाकूहरूको समूहलाई लक्षित गरी आक्रमण गरेको प्रान्त. . .


बाढीमा परी इरानमा २६ जनाको मृत्यु

इरानका विभिन्न चार प्रान्तमा बिहीबार राति आएको भीषण बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ । दक्षिणपूर्वी इरानको तेहरान, सिस्तान र बलुचेस्तान र उत्तरी इरानको मरकाजी र माजान्दरान प्रान्तहरू भीषण बाढी आएको हो। केही दिन अघिदेखि थुप्रै इरानी शहरहरूमा भारी �. . .


पाकिस्तानमा बाढी पहिरोका कारण दुई महिनामा ३५७ जनाको मृत्यु

पाकिस्तानमा यस वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म वर्षापछिका विभिन्न घटनामा परी कम्तीमा तीन सय ७५ जनाको मृत्यु भएको छ । वर्षाका कारण पाकिस्तानमा बाढी, पहिरो, डुबानलगायतका घटना भएका छन् । ती घटनामा परी उनीहरूको मृत्यु भएको हो । ती घटनाका कारण अरु चार सयभन्दा बढी घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्�. . .


एक दिनमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ । देशभर �. . .