अन्तराष्ट्रिय

अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै

काबुल पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् । उनीहरुका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ । उनीहरुले क�. . .


अमेरिका गैरजिम्मेवार रुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेशमन्त्री

इस्लामावाद पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा नस्किएको बताउनु भएको छ । पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताउनुभएको छ । अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस�. . .


ग्रीसको इभियामा भिषण डढेलो, सयौं अग्निनियन्त्रक अझै सक्रिय

इभिया, ग्रीस ग्रीसको इभिया टापुको जङ्गलमा लागेको भिषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरु दिनरात सक्रिय रुपमा लागेका छन् । इभिया टापुमा एक सातादेखि भिषण आगलागी भइरहेको छ । डढेलोका कारण हजारौं स्थानीयबासी नराम्रोसँग प्रभावित भएका छन् । ग्रीसको सरकारी टेलिभिजन टिभी अर्टले प्रशारण गरेका दृश्य�. . .


दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

नानिङ दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो । घ�. . .


जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

टोकियो जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ । देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो । आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका �. . .


कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

बेइजिङ कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गर्नुभएको हो । अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा देखिएको र यसको. . .


भारतमा एक दिनमा थप ३५ हजार सङ्क्रमित

नयाँ दिल्ली भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हँुदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्. . .


टोकियो ओलिम्पिक्स २०२० आइतबार समापन

टोकियो टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसैगरी आयोजक राष्ट्र जापानले २७ . . .


मिरिना आँधी : जापानको चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह

टोकियो देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको मौसम विज्ञान विभागलाई. . .


बेइजिङले कोभिड प्रभाबित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने

बेइजिङ कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ । ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि �. . .


सबरगान सहरलाई कब्जामा लिएको तालिबान समूहको दावी

काबुल अफगानिस्तानको तालिबान समूहले यहाँको दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दावी गरेको छ । अफगानिस्तानको ग्रामिण इलाकामा प्रभाब रहेको तालिवान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ । उत्तरी क्षेत्रको जोजन . . .


अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

लण्डन अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह लण्डन अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ�. . .