अन्तराष्ट्रिय

दक्षिणी समुदायहरू पुनः नियन्त्रण गरेको इजराइली सेनाको दाबी

इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतङ्ककारीहरूलाई लखेट्न भएको सङ्घर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको हो । “गाजापट्टी छेउछाउमा रहेका समुदायहरूमाथिको नियन्त्रण पुनःप्राप्त भएको छ”, इजराइली प्रतिरक्ष. . .


गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ

प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । “गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्,” संयु. . .


इजरायल-हमास युद्ध जारी : इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७००

प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्य. . .


इजरायलले गाजासँगको सिमानामा एक लाख सेना तैनाथ गर्यो

प्यालेस्टिनी इस्लामिक समूह हमासविरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गरेपछि इजरायलले घेराबन्दी गरिएको गाजा पट्टीमा लगातार दोस्रो दिन गोली हानाहान गरिरहेको छ । इजरायलले गाजासँगको सिमानामा करिब एक लाख सेना तैनाथ गरेको अलजजिराले जनाएको छ । हमासका बन्दुकधारी र इजरायली सेनाबीच दक्षिणी इजरायलका तीन क्. . .


छ सय इजरायली र ३७० प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ । शनिबार अप्रत्यासित रूपमा इस्लामिक समूह हमासका लडाकुहरूले इजरायली सहरहरूमा पाँच हजार व�. . .


अफगानिस्तान भूकम्प अपडेट : दुई हजारको मृत्यु,नौ हजार घाइते

अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्तानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्. . .


इसरोले गगनयान मिसनका लागि मानवरहित परीक्षण उडान सुरु गर्ने

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको जनाएको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा इसरोले गरेको पोस्टमा भनिएको छ, “मिसन गगनयान : इसरोले गगनयानका लागि मानवरहित परीक्षण उडान सुरु गर्नेछ, फ्लाइट टेस्ट भेहिकल एबोर्ट मिसन–१ (टिभी–ड�. . .


पपुवा न्युगिनीमा ७ र अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ । सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो । यसैबीच अफगानिस्तानको पश्चिमी . . .


खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युतमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट

खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ । नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलवि�. . .


सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ । उहाँले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गर्�. . .


भारतमा हिमताल फुट्दा १० को मृत्यु,८२ बेपत्ता

भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्त�. . .


विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी

भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भ. . .