अन्तराष्ट्रिय खबर

ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलङ्काली राष्ट्रपतिको आग्रह

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन् । देशले झेल्नु परेको . . .


राष्ट्रपति बाइडेनमा पुनः कोरोना सङ्क्रमण

राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरल. . .


भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्। लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्�. . .


स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि

स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो । यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उ�. . .


‘युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने रूसी प्रयास’

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् । सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै शङ्का नरहेको बताइन् ।रूसका पछिल्ला अमानवीय गतिविधिले त्य�. . .


सुरक्षा कारबाहीमा परी पाकिस्तानमा एक सुरक्षाकर्मी र छ आतङ्कवादीको मृत्यु

पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा छ आतङ्कवादीको मृत्यु भएको छ । देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त अन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो । सोही क्रममा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सु�. . .


ब्राजिलमा मङ्कीपक्सबाट पहिलो मानवीय क्षति

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन । ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रा. . .


भारतमा २० हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जना. . .


श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक

सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ । सन् २०२० को अन्त्यसम्ममा �. . .


अफगानिस्तानको पूर्वी क्षेत्रमा ३ जना आईएस लडाकु मारिए

अफगानिस्तानको पूर्वी लाघमान प्रान्तमा सुरक्षा बलको आक्रमणमा कम्तीमा तीन इस्लामिक स्टेट (आईएस) लडाकूलाई मारिएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । अफगान सुरक्षा बलले बिहीबार राति प्रान्तको अलिङ्गर जिल्लाको कुण्डा गुल क्षेत्रमा आईएस लडाकूहरूको समूहलाई लक्षित गरी आक्रमण गरेको प्रान्त. . .


बाढीमा परी इरानमा २६ जनाको मृत्यु

इरानका विभिन्न चार प्रान्तमा बिहीबार राति आएको भीषण बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ । दक्षिणपूर्वी इरानको तेहरान, सिस्तान र बलुचेस्तान र उत्तरी इरानको मरकाजी र माजान्दरान प्रान्तहरू भीषण बाढी आएको हो। केही दिन अघिदेखि थुप्रै इरानी शहरहरूमा भारी �. . .


पाकिस्तानमा बाढी पहिरोका कारण दुई महिनामा ३५७ जनाको मृत्यु

पाकिस्तानमा यस वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म वर्षापछिका विभिन्न घटनामा परी कम्तीमा तीन सय ७५ जनाको मृत्यु भएको छ । वर्षाका कारण पाकिस्तानमा बाढी, पहिरो, डुबानलगायतका घटना भएका छन् । ती घटनामा परी उनीहरूको मृत्यु भएको हो । ती घटनाका कारण अरु चार सयभन्दा बढी घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्�. . .