भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

काठमाडौं । नरेन्द्र मोदीले तेस्रो पटक भारतीय प्रधानमन्त्रीको शपथ लिएका छन् ।

मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउँदै छिनु । शपथ लिएकामध्ये ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र प्रभार र ३६ राज्यमन्त्री रहेका छन् । विभागहरू पछि घोषणा गरिनेछ । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन धेरै देशका सरकार प्रमुखहरु पनि भारत भारत आएका छन् ।

राष्ट्रपति मुर्मुको सरकारी निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्