तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा परी नौ जनाको मृ*त्यु

<span class='c1'>तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा</span> <span class='c2'>परी नौ जनाको मृ*त्यु</span>

काठमाडौं । तीर्थयात्री सवार बसमा आतंकवादीहरूले आक्रमण गरेपछि दुर्घटना हुँदा तीन महिला सहित नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।

भारतको जम्मू कश्मीरको रियासी जिल्लामा आइतबार साँझ उत्तर प्रदेश र दिल्लीबाट तीर्थयात्रीहरू बोकेर गुडिरहेको बस आक्रमणपछि गहिरो खाडलमा खसेको थियो । बसमा रहेका तीन महिलासहित नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएकका छन् ।

पोनी क्षेत्रको तेर्याथ गाउँ नजिकै कटरास्थित शिव खोरी मन्दिरबाट माता वैष्णो देवी मन्दिर जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका थिए । ५३ सिटको बस साँझ ६ बजेर १५ मिनेटमा गोली चल्न थालेपछि गहिरो खाडलमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्