नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिदैँ

<span class='c1'>नरेन्द्र मोदीले लगातार तेस्रो</span> <span class='c2'>पटक प्रधानमन्त्रीको सपथ लिदैँ</span>

काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथ ग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ ।

५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ । उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने सम्भावना बढेको हो ।

तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बित्तिकै नरेन्द्र मोदीको नाममा नयाँ कीर्तिमान थपिनेछ । यसअघि यो कीर्तिमान जवाहरलाल नेहरूका नाममा थियो । मोदीले उक्त कीर्तिमान बराबरी गर्नेछन् । एनडीएको बैठक आज दिउँसो ४ बजे दिल्लीमा बोलाइएको छ । जसमा जेडियु प्रमुख नितिश कुमार, टीडीपी प्रमुख एन चन्द्रबाबु नायडू र अन्य नेताहरू सहभागी हुनेछन्। भाजपा संसदीय बोर्ड बैठक एनडीए सहयोगीहरु संग वार्ता पछि बस्नेछ । यसमा सरकार गठन र सपथ ग्रहणको रूपरेखाबारे छलफल हुनेछ । जेडीयू प्रमुख नितिश कुमार बुधबार बिहान दिल्ली पुगेका छन् । चन्द्रबाबु नायडू पनि दिल्ली पुग्ने सम्भावना रहेको छ ।

उता, कांग्रेस आइलगाएतको इन्डिया गठबन्धनले पनि आन्तरिक रणनीतिहरु बनाइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्