खेलकुद

टी–२० सिरिजमा आयरल्याण्डविरुद्ध अफगानिस्तानको जित

काठमाडौं । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो । सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२०मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ र�. . .


नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरीले लिइन् सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षिय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन् । उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबा. . .


इटहरी गोल्डकप चैत १० गतेदेखि, एपीएफ र सगरमाथाबीच पहिलो खेल

विराटनगर । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ । उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजन�. . .


चेल्सी र म्यानचेस्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा

काठमाडौं । एफ ए कप फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्ट�. . .


वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई

काठमाडौं । भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो । समूह चरणमा शीर्ष स्थानमा रहेर फाइनल पुगेको दिल्ली भने फाइनल खेलमा उपाधि लिनबाट चुक्न पुग्यो । वुमन्स लिगमा स. . .


भलिबल च्याम्पियनिसपमा महिलातर्फ एपीएफको विजयी सुरुवात

काठमाडौं । आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय क्लब एपीएफले महिलातर्फ विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार विहान भएको पहिलो खेलमा एपीएफले मधेश प्रदेशलाई ३-० को सहज जित निकालेको हो । राष्ट्रिय खेलाडी रहेको एपीएफमाथि मधेश �. . .


घरेलु मैदानमा सहज जित निकाल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश

काठमाडौं । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे । सिल्भाले १३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिल. . .


एनआरटी बन्यो बुढासुब्बा गोल्डकपको दोस्रो पटक च्याम्पियन

विराटनगर । सुनसरीको धरानमा सम्पन्न २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ । एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यसअघि उसले १०औ संस्करणको उपाधि जितेको थियो । धरान रंगशालामा आज भएको प्रतियोगिताको फाइनल खेल�. . .


खुला दौडमा प्रशान्त र जुही प्रथम

विराटनगर । सुनसरीको धरानमा आयोजित गोर्खा ‘ट्रेल ब्लेजर ८.५ किलोमिटर खुला दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राई विजेता बनेका छन् । पुरुषतर्फका विजेता तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । यस्तै, महिलातर्फ राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । दुवै �. . .


कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

विराटनगर । कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनलमा आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरी उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मीसामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । �. . .


विराटनगर यु-१० क्रिकेट प्रतियोगिताको उपाधि लर्ड बुद्ध निकेतन स्कुललाई

विराटनगर । मेरिल्याण्ड क्रिकेट एकेडेमीले आयोजना गरेको यु-१० क्रिकेट प्रतियोगिताको उपाधि लर्ड बुद्ध निकेतन स्कुलले जितेको छ। मेरिल्याण्ड क्रिकेट एकेडेमीको ट्रेनिङ ग्राउन्डमा शनिबार भएको फाइनल खेलमा मदर्स प्राइड स्कुललाई २४ रनले पराजित गर्दै लर्ड बुद्ध निकेतनले उपाधि जितेको हो। निर्धारित ८ ओभरको. . .


राष्ट्रिय टी-२० क्रिकेट फाइनल : आर्मी र कर्णाली प्रदेश उपाधिका लागि खेल्दै

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा भइरहेको कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रंगशालामा मध्यान्ह्र सवा १२ बजेबाट शुरु हुने खेलमा उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र कर्णाली प्रदेशले प्रतिस्पर्धा �. . .