जेम्स इन्टरनेसनलले जित्यो जेसिजको हाजिरीजवाफ

DSC_0114DSC_0106DSC_0099DSC_0090प्रेम देवान बिराटनगर माघ ६ , विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा संचालन भइरेहको" अन्तर विधालय जेसीज टेष्टी-टेष्टी हाजीरीजवाफ प्रतियोगीता" को उपाधी जेम्स इन्टरनेसनल स्कुल विराटनगरले जितेको छ। त्यसैगरी एभरेष्ट स्कुल विराटनगर दोश्रो र मार्टस मे. विराटनगर तेस्रो भएको थियो। विहीवार भएको फाईनलमा लिटिल फ्लावर्स ईटहरी , मोर्डन ईरा विराटनगर, मार्टस मेमोरियल विराटनगर, जेसीज स्कुल सर्लाही र एभरेष्ट स्कुल विराटनगरले उपाधीका लागी प्रतिस्पर्धा गरेका थिए। प्रतियोगीताको हाजीरीजवाफ डा. सन्देश दाश श्रेष्ठले संचालन गर्नुभएको थियो । सो खेलहरु निकै प्रतिस्पर्धात्मक र रोचक रहेको थियो । प्रतियोगितामा प्रथम हुने जेम्सलाई १५ हजार रिनिंग शिल्ड, दोश्रो एभेरेष्ट स्कुल, विराटनगरलाई नगद १० हजार र ट्रफी र तेश्रो मार्टस मेमोरियललाई नगद ५ हजार र शिल्ड प्रदान गरिएको जानकारी अध्यक्ष अभिनास थापाले दिनुभयो।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस