कार्पेदियममा चर्चित ब्यान्ड कबवेबले प्रस्तुती दिने – Event

स्थान

कार्पेदियम, बरगाछी विराटनगर

समय

२ पौष २०७८, साँझ ६ देखि

आयोजक

कार्पेदिएम

आउँदो पौष २ गते विराटनगर बरगाछीस्थित कार्पेदिएममा रेष्टुरेन्टमा नेपाली चर्चित ब्याण्ड ‘कबवेब’ को प्रस्तुती हुने भएको छ ।

पुर्व टुरमा निस्केको कबवेबलाई कार्पे डिएमले प्रस्तुतीका लागि दोश्रोपटक विराटनगर ल्याउन लागेको हो । शुक्रबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म कबवेबले आफ्नो लाईभ प्रस्तुती दिने जनाईएको छ । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन प्रि सेलमा रु. ८०० र डोर सेलमा रु. १००० हजारका दरले टिकटको व्यवस्था गरिएको कार्पे डिएमका सञ्चालक सौरभ भट्टराईले बताए । उनले टिकट खरिद गर्दा फ्री ड्रिङ्क्सको व्यवस्था समेत गरिएको जानकारी दिए ।

कार्यक्रमको टिकट कार्पे डिएमको आधिकारिक फेसबुक पेज माफर्त बुक गर्न सकिने जनाईएको छ । कार्यक्रमका लागि भने ३ सय टिकटको व्यवस्था गरिएको छ ।

टिकट खरिदका लागि सम्पर्क 9852034039

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस