कार्पेदियममा गायक सुगम पोखरेलले प्रस्तुती दिने – Event

स्थान

कार्पेदियम, बरगाछी विराटनगर

समय

७ पौष २०७८, साँझ ६ देखि

आयोजक

कार्पेदिएम

विराटनगर । आउँदो पौष ७ गते बुधबार विराटनगर बरगाछीस्थित कार्पे डिएम रेष्टुरेन्टमा नेपाली चर्चित गायक सुगम पोखरेलको लाईभ प्रस्तुती हुने भएको छ ।

बुधबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायक पोखरेलको लाईभ प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन रु. ५०० का दरले टिकटको व्यवस्था गरिएको कार्पे डिएमका सञ्चालक सौरभ भट्टराईले बताए । उनले कार्पे डिएममै गएर वा ९८५२०३४०३९ मा सम्पर्क गरेर अग्रीम टिकट बुक गर्न सकिने जानकारी दिए ।

कार्यक्रमको टिकट बिक्री भने शनिबारबाट खुल्ला गरिएको छ । कुल २०० टिकट बिक्री गर्ने आयोजकको तयारी छ ।

टिकट खरिदका लागि सम्पर्क 9852034039

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस