नोबेल अस्पताल डुबानमा, बिरामी मारमा

नोबेल अस्पताल डुबानमा, बिरामी मारमा

मोरङ, १४ साउन । आफ्नो अस्पतालमा सम्पुर्ण भौतिक पुर्वाधार भएको भनि प्रचार गर्ने विराटनगरस्थित नोवेल अस्पतालमा घुँडा घुँडासम्म पानी जमेर विरामी र कुरुवाले सास्ती भोग्नु परेको छ । शुक्रवार रातीदेखी अविरल परेको पानी अस्पतालभित्र पसेपछि अस्पतालको अन्तरंग विभागको मेडिकल, सर्जिकल, अप्रेसन वार्डमा भेल बाढि पसेपछि विरामीहरुले सास्ति पाएका हुन् । अस्पतालको अन्तरंग विभागको मुल भागमा पनि पानीले गर्दा आवत जावतमा समस्या भएको छ । वार्डभित्र र वाहिर भेलजस्तै जमेको पानीले गर्दा शैयामा उपचार गराईरहेका विरामीहरु मात्र नभएर कुरुवाहरु र आफन्तलाई ओहोरदोहोर गर्न समेत समस्या भैरहेको छ । अस्पतालमा उपचार गराईरहेका अशक्त र वुढावुढिहरु राती अस्पतालमा एक्कासी बाढि झै पसेको पानी देखेर आत्तिएका थिए भने कुरुवाहरुमा भागदौड समेत चलेको थियो । तर शनिवार दिनभर अस्पतालका कर्मचारीहरुले विहानै देखी पानी सोहेरेर सफा गरेको भएपनि अस्पतालभित्रको पानीको अहाल जस्ताको तस्तै थियो ।

करोडौको लागतमा निर्माण थालेर निर्माण कार्य अपुरै भएको अस्थामा अस्पताल संचालनमा ल्याईएपछि अस्पतालमा जताततैवाट पानी छिरेको हो । अस्पतालमा जथाभावी फयाँकिएको फोहोरमा अस्पतालभित्र छिरेको पानी मिसिँदा अस्पताल दुर्गन्धित हुदै गएको छ ।

राम्रो गुणस्तरको सेवा दिने भन्दै धेरै प्रचारप्रसार गरेर नाम कहलाईएको अस्पतालभित्र पानीको भेलबाढि पसेपछि विरामीहरुले सास्ति पाएको गुनासो छ । ‘अस्पतालको अवस्था प्रचार गरिएको जस्तो रहेनछ’– श्रीमती गीताको पत्थरीको अप्रेसन गराउन झापा दमकबाट आएका शिक्षक भिमप्रसाद दाहालले भने ‘राम्रो सेवा सुविधा छ भन्ने सुनेर श्रीमतीको अप्रेसन गराउन ल्याएको थिएँ तर यहाँ त अस्पतालको दुर्दशा पो देख्नु प¥यौ ।’ उनले अस्पतालमा पानी पसेपछि वेडमा सुतेका विरामीहरु रातभरि सुत्न नपाएको र आफुहरुले समेत निक्कै कष्ट भोग्नुपरेको गुनासो गरे । ‘पानी घुँडाघुँडा सम्म थियो, विरामीलाई खाना र खाजा तथा औषधिलिन पनि पाईन्ट माथि सारेर हिँडनु परयो’– मोरङ शनिश्चरेवाट छोराको पायल्सको अप्रेसन गराउन आएका भद्रमान घिमिरेले भने ।

यता अस्पताल प्रशासन शाखा इन्चार्ज नारायण दाहालले भने  निर्माण कार्य जारी रहेको र पुरा भैनसकेकोले ठूलो पानी परेपछि अस्पतालभित्र पहिलो चोटि पसेको वताए । ‘निर्माण पुरा नभएकाले अस्पतालको तला थप्ने कार्य भइरहेकोले पानी पसेको हो, त्यो चाडै समाधान भइहाल्छ’–दाहालले भने ।

नोवेल अस्पतालले नेपालमै सवैभन्दा सस्तो र गुणस्तरिय स्वास्थ्य सेवा दिने भन्दै गाउँगाउँमा विभिन्न योजना लगेर अस्पतालमा उपचारकालागि विरामीलाई आउन प्रचारप्रसार गर्दै आएको छ । अस्पतालले पुर्वाञ्चलका विभिन्न जिल्लाहरुमा पुगेर स्वास्थ्य शिविर र अन्र्तक्रिया कार्यक्रमहरु संचालन गर्नेगरेको छ । यतिमात्र हैन, अस्पतालले दिने भनिएका कुनै पनि सुविधाहरु नपाएको उपभोक्ताहरुको गुनासो रहेको छ । शिक्षक, सामाजिक कार्यकर्ता, दलका प्रतिनिधि, मजदुर र संचारकर्मीहरुलाई लाग्ने शुल्क मध्येबाट पच्चिस प्रतिशत छुटमा स्वास्थ्य सेवा दिनेभन्दै व्यापक प्रचार प्रसार गराउँदै आए पनि उनीहरुले उक्त सेवा नपाएको गुनासो गरेका छन् । दमक ६ बाट श्रीमतीको पित्तको पत्थरीको अप्रेसन गर्न आएका शिक्षक भिमप्रसाद दाहालले उक्त २५ प्रतिशत छुट नपाएको बताए । ‘त्यो स्किम सक्यौ भनेर पुरा पैसा असुले’–दाहालले भने ‘पैसा चाहीं ढाड सेक्ने गरी लिने सुविधा चाहीं केही छैन ।’ विरामीका लागि पंखाको राम्रो व्यवस्था नभएको उनले गुनासो गरे । त्यस्तै चिकित्सकहरुले विरामी र कुरुवाहरुलाई राम्रो व्यवहार नगरी गाली गर्ने गरेको, कुरुवालाई विरामीसंग भेट्न नदिएको समेत गुनासो गरे ।

एकातिर छुट भनेपनि अर्को तिरबाट बढी पैसा असुलेको विरामीका अफन्तहरुको गुनासो छ । ‘सबैभन्दा सस्तो र छुट छ भनेर ल्याएको क्यान्टीन, औषधि र वायोलोजिकल टेष्टमा लुट गरिदो रहेछ’– अर्का इटहरी ७ का कुरुवा नेत्रप्रसाद खतिवडाले भने ।

अस्पतालमा दैनिक एक हजार वढि विरामीहरु उपचारकालागि आउने गरेका छन । अस्पताल तीन वर्ष अघि देखी नयाँ व्यावस्थापनका साथ संचालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्