लघुवित्तसम्बन्धी कार्यशाला सम्पन्न

लघुवित्तसम्बन्धी कार्यशाला सम्पन्न

विराटनगर, ३० असोज । वर्तमान समयमा आर्थिक विकासका लागि लघुवित्त संस्थाहरुको भुमिका र अवस्थाबारे विराटनगरमा ‘सामाजिक आर्थिक विकासका लागि लघुवित्तका वैकल्पिक पद्धतीहरु’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठी आयोजना गरिएको छ । स्रोत विकास केन्द्र र इनाफि नेपालको संयुक्त आयोजनामा उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको हो । गोष्ठिमा इनाफी नेपालकि कार्यक्रम संयोजक तारा बज्राचार्यले स्वागत मन्तव्य राखेकी थिइन । गोष्ठीमा इनाफि नेपालका अध्यक्ष रोहितकुमार नेपालीको सभापति रहेका थिए ।  सम्पन्न गोष्ठिमा विष्णुप्रसाद पाठक, तिर्थराज घिमिरे र तारा बज्राचार्यले कार्यपत्र प्रस्तुत गरेका । लघुवित्तको क्षेत्रमा विप्रेषण र विमालगायतका वित्तिय कारोबारको अवस्था बारे प्रस्तुत गरिएको कार्यपत्रहरुबारे सहभागीहरु विच छलफलसमेत गराइएको थियो । छलफलबाट निस्किएको निष्कर्षलाई आगामी दिनका कार्ययोजनाहरुमा लागु गरिने कार्यक्रमका सभापति रोहितकुमार नेपालीले बताए । गोष्ठीमा मोरङ जिल्लाका विभिन्न लघुवित्त, वित्तिय संस्था, सामाजिक संस्थाहरुमा कार्यरत व्यक्तिहरुको सहभागिता रहेको थियो । स्रोत विकास केन्द्रका अध्यक्ष दिलिप श्रेष्ठले गोष्ठीले यस क्षेत्रमा रहेका लघुवित्त संस्थाहरुलाई आगामी दिनका गतिविधिहरुलाई व्यवस्थित गर्दै त्यसको विकासका लागि विभिन्न पद्धतिहरु अपनाउन सहयोग पुर्याउने विस्वास व्यक्त गरे ।

तारा बज्राराचार्य, कार्यक्रम संयोजक
इनाफि

नेपालको सन्दर्भमा रेमिट्यान्सको महत्व एकदमै ज्यादा छ । ग्राहस्थ उत्पादनको प्रमुख हिस्सा पनि रेमिट्यान्सले नै ओगटेको देखिन्छ । रेमिट्यान्सको माध्यम्बाट व्यक्तिहरुले नगद प्राप्त गरेपनि दुर्भाग्यको कुरो यहाँ त्इो रकम विकास कार्यमा जाँदैन । ऋण वा घरायसी प्रायोजनको लागि मात्र प्रयोग भएको देखिन्छ । यस्तो रकमलाई दिगो र उत्पादनशिल कार्यमा लगानी गर्न सक्नु पर्छ । 

 

पुष्कर गौतम, अधिकृत
विराटलक्ष्मी बैंक

देशको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका ओगटेको रेमिट्यान्सले मुलुकमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । यस्तो रेमिट्यान्सलाई नीतिमा सुधार गरेर उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके लामो समयसम्मको विकास सम्भव हुने थियो । रेमिट्यान्सको रकमलाई दिगो विकास हुने तवरले व्यवस्थित गरेर यसको वैकल्पीक व्यवस्था गर्नु पर्दछ


विष्णुप्रसाद पाठक, प्रोमोटर
डेप्रोक्स विकास बैङ्क

नेपालमा प्रत्येक वर्ष २ सय अरब भन्दा बढि रकम रेमिट्यान्सको रुपमा आइरहेको छ भने भारत बाहिरको मुलुकमा ७लाख भन्दा बढि नेपाली काम गरिरहेका छन् । देशको बजेटमा प्रमुख स्रोत पनि रेमिट्यान्स नै रहेको छ । यसलाई बढाउन नेपालबाट विदेशीने माध्यम स्तरीय बनाउनुको साथै विस्तार पनि गर्नु पर्छ । लघुवित्तलाई प्रभावकारी बनाएर रेमिट्यान्स बढाउन सकिन्छ ।
 

सकुन्तला भट्टराई, अध्यक्ष
सामुहिक उत्थान

धेरै नेपाली कामदार विदेशमा कार्यरत भएकाले पनि रेमिट्यान्सको महत्व निक्कै छ । रेमिट्यान्सले नै देशको अर्थतन्त्रमा मुख्य हिस्सा ओगटिरहेको अवस्थामा यसको प्रभावकारीता बढाउने कार्यहरु गरिनु पर्ने आवस्यक भएको छ । अझ केहि समययता लघुवित्त संस्थाहरुले रेमिट्यान्सको सेवा दिदाँ स्थानीयस्तरका जनताहरुले सेवा पाएका छन् । सर्वसाधारण जनतालाई सर्वसुलभ र सरल तरिकाले सेवा विस्तार गर्नू पर्ने आवस्यक देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्