खोला दुर्गन्धित भएपछि स्थानीयवासी आक्रोशित

खोला दुर्गन्धित भएपछि स्थानीयवासी आक्रोशित

पवित्र धार्मिक नदीका रुपमा मानिंदै आएको इटहरीको पूर्वी सीमामा रहेको बूढीगंगा नदी किनारमा केही दिनदेखि मृत पशुको काँचो छाला संकलन गर्न थालिएपछि नदी किनार र आसपासका क्षेत्र दुर्गन्धित भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
छालाको व्यापार गर्ने केही मानिसले स्थानीयवासीको राय, सुझाव र सम्बन्धित स्थानीय निकायको अनुमति बेगर नै नदी किनारमा छाला संकलन गर्न थालेपछि इटहरी नगरपालिका तथा मोरङको दुलारी र सुन्दरपुरवासीमा दुर्गन्ध भएको भन्दै सोमबार बिहान स्थानीयवासीले नारा जुलुससमेत गरेका छन् । नदी किनार सफाईमा त्यहाँ पुगेका सयांै युवाहरुले नदी किनारमा राखिएका छाला तथा अवान्छित रुपमा फ्याँकिएका कुहिएका अण्डाको थुप्रोले खपिनसक्नु हुने गरी दुर्गन्ध फैलिएकाले तत्काल हटाउनुपर्ने माग राख्दै  विरोध जनाएका छन् ।
स्थानीयवासीले युवाहरुले मानिसको स्वास्थ्यमा तत्काल असर पार्ने र हैजा फैलाउन सक्ने गरी दुर्गन्ध बढेकोे र बस्नै नसक्ने अवस्था आएको भन्दै तत्काल छाला जम्मा पार्ने व्यापारीको खोजी गरी बूढीगंगा किनारालाई प्रदूषित पार्नेलाई दण्डित गर्नसमेत आग्रह गरेका छन् ।
पुलको उत्तरपट्टी श्रीकृष्ण प्रणामी मुक्तिधाम इटहरी धार्मिकस्थल रहेको छ भने पश्चिमपट्टी मानव धर्म सेवा समितिको मन्दिर रहेको छ । मन्दिरै मन्दिर रहेको नजिकै दुर्गन्ध पैmलाउने गरी छाला संकलन गर्ने कार्य गर्नु आफैमा न्यायिक विषय नभएको स्थानीयवासीहरुको गुनासो रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्