आगलागीमा डेढ लाख बराबरको धनमाल नष्ट

आगलागीमा डेढ लाख बराबरको धनमाल नष्ट

रंगेली, १६ कात्तिक । मोरङको टकुवा–६ मा हिजो साँझ ७ बजे भएको आगलागीमा डेढ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय चन्द्रनारायण दासको घरमा आगलागी हुँदा सो बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा फुसको घर, १० हजार नगद र २५ तोला चा“दी जलेर नष्ट भएको प्रहरीले बताएको छ । स्थानीयबासी , प्रहरी र बारुणयन्त्रले राति नै आगो नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्