गर्भवती महिलालाई नि :शुल्क वितरण गरिने आइरन चक्किमा ढुसी

<span class='c1'>गर्भवती महिलालाई नि :शुल्क वितरण</span> <span class='c2'>गरिने आइरन चक्किमा ढुसी</span>

सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत गर्भवती महिलालाई नि :शुल्करुपमा वितरण गर्दै आएको आइरन चक्कीमा ढुसी पाइएपछि झापामा हुदै गरेको वितरण
कार्य रोकिएको छ । स्वास्थ्य विभागको निर्देशनअनुसार वितरण रोकिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । विभागले झापामा वर्षभरिका लागि २० लाख चक्की
पठाएको थियो । जिल्लाका ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र र  चारवटा स्वास्थ्य चौकी र ३८ वटा उपस्वास्थ्य चौकीबाट गर्भवती महिलालाई आइरन चक्की वितरण भइरहेको थियो । मोरङमा भने ढुसी आएको आइरन चक्की नभएकाले बितरण कार्य निरन्तर भइरहेको जन स्वास्थ्य प्रमुख नवराज सुब्वाले जानकारी दिनुभयो ।
उहाँका अनुशार मोरङमा ७ वटा प्राथमिक स्वास्थ्य केन्द्र , २१ स्वास्थ्य चौकी र ३७ वटा उपस्वास्थ्य चौकीमा आइरन चक्की बितरण भइरहेको छ । सञ्चार माध्यममा आएका समाचार जस्तो मोरङमा नभएको उहाँले दाबी गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्