चक्लेट, विस्कुट र कुखुरालाई जसरी विद्यार्थी ‍ओसारिन्छ

चक्लेट, विस्कुट र कुखुरालाई जसरी विद्यार्थी ‍ओसारिन्छ

निजि विद्यालयले प्रयोग गर्ने विद्यार्थी बोक्ने स्कुल भ्यानलाई आँउदो पुस १ गते देखि सञ्चालनमा रोक लगाउन सिफारिस गरिएको छ । उपमहानगरपालिकाको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरि मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा दर्ता नभएका स्कुल भ्यानलाई सञ्चालनमा रोक लगाउन सिफारिस गरेको हो । गत मंसिर १५ गते भएको निर्णय बमोजिम विराटनगर उपमहानगरपालिकाको संयोजकत्वमा ८ सदस्य स्कुल भ्यान तथा स्कुल बस अनुगमन समिति गठन गरिएको थियो । समितिले अभिभावक संंघबाट परेको निवेदनका विषयमा स्थलगत तथा संस्थागत अध्ययन गरि राय पेशसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । बालबालिकालाई सुरक्षित र शिक्षण प्रक्रियामा सहज बातावरणको सृजना गर्न र उच्च सुरक्षाको प्रत्याभुति गराउन समितिले यस्तो प्रतिवेदन अघि ल्याएको छ । कार्यदलका संयोजक पुनम दाहालले बालबालिकाहरुलाई घरदेखि विद्यालय र विद्यालयदेखि घर फर्कदा उनीहरु सुरक्षित रहेको अनुभुति गराउनु नै प्रतिवेदनको प्रमुख उद्देश्य रहेको बताए । स्थलगत अनुगमन गर्दा दर्ता भई गुणस्तरमा रहेका स्कुल भ्यानलाई चैत मसान्तसम्म सञ्चालन गर्न अनुमति दिने पनि सुझाव दिइएको छ । यस्तै भ्यानहरुले तोकिएको रंग प्रयोग गरिनु पर्ने, जथाभावी विद्यार्थी चढाउन र उराल्न नपाउने, स्कुल भ्यानका चालकको कम्तिमा ५ बर्षको अनुभव हुनु पर्ने, स्कुल भ्यानको विमा अनिवार्य गर्नु पर्ने र भ्यान चल्ने दुरि बढिमा १ किलोमिटरसम्म हुनु पर्ने प्रतिवेदनमा सुझाव छ । यस्तै स्कुल बसका सम्बन्धमा सिट क्षमता भन्दा बढि ओसार पसार गर्न नपाइने, गाडिको नम्बर स्पष्ट र दुरुष्त हुनु पर्ने, शिक्षा मन्त्रालयले तोके अनुसारको रंग प्रयोग गरिनु पर्ने, बस चालकको कम्तिमा ५ वर्षको अनुभव हुनु पर्ने, स्कुल बस निजि भए १५ वर्ष र भाडाको भए १० वर्षभन्दा बढि समय कुदेको नहुनु पर्ने, बस चल्ने दुरी १ घण्टाको मात्र हुनुपर्ने , विद्यार्थीबाट लिइएको शुल्क विवरण सार्वजनिकिकरण गर्नु पर्ने, स्कुल बस प्रतिघण्टा ३५ किलोमिटर भन्दा बढि कुदाउन नपाइने र अनावश्यक हर्न बजाउन नपाउने र ट्राफिक प्रहरीद्वारा नियमित चेकजाँच गरिनु पर्ने सुझाव दिइएको छ । अभिभावक संघका पुर्वाञ्चल अध्यक्ष देवि पन्थीले निजि विद्यालयहरुले प्रयोग गरिरहेका बस, मिनिवस, भ्यान तथा मारुति भ्यान र रिक्साका च्यासिसहरुलाई मोडिफाइ गरि बनाइएको पाइएको बताए । उनले विद्यार्थीहरुलाइ चक्लेट बिस्कुट र बोइलर कुखुरालाइ कोचेर ढुवानी गरेजसरी नै ‍‌‌ओसारिने गरेको बताए ।
प्रतिवेदन सार्वजनिक गरिएपछि सरोकारवालाहरु सँग मंगलबार साँझ बसेको बैठकमा स्कुल भ्यानलाई प्रतिवन्द लगाउन नहुने प्याब्सन र एनप्याब्सनहरुले जोडदार आवाज उठाएका थिए । एनप्याब्सनका अध्यक्ष राजकुमार छाराहाङ्गले स्कुल भ्यानलाई प्रतिबन्द लगाउनु भन्दा पनि यसको मापदण्ड बनाइ व्यवस्थित गर्नु पर्ने छलफलमा सुझाव दिएका थिए । प्याब्सनका केन्द्रिय उपाध्यक्ष टिकाराम पुरीले नगर क्षेत्रका मुख्य सडकमा स्कुल भ्यान प्रतिबन्ध गरेपनि भित्री सडकहरुमा रोक लगाउन नमिल्ने धारणा राखे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्