आरतीले रंगिन जस्ता पाता उत्पादन गर्ने

<span class='c1'>आरतीले रंगिन जस्ता</span> <span class='c2'>पाता उत्पादन गर्ने</span>

जस्ता पाताको माग देशभरि नै बढिरहेका बेला विराटनगको एक बहुराष्ट्रिय कम्पनीले  तीन महिना पछि नयाँ प्लान्टबाट उत्पादन सुरु गर्ने भएको छ ।
उद्योगले यस अघि एक लाख मेट्रिक टन सादा जस्ता र कर्कट पाता उत्पादन गर्दै आएको थियो । विराटनगरको आरती स्ट्रिप्सले संचालनभएको नौ बर्षको अवधिपछि उद्योगले थप ४१ हजार मेट्रिक टन रंगिन जस्तापाता वार्षिक रूपमा उत्पादन गर्न लागेको कम्पनीका उपाध्यक्ष संजिव शर्माले बताए ।  एक अर्व ३१ करोडको थप लगानीमा संचालनमा आउन लागेको उद्योगले आगामी बैशाखसम्मा रंगिन जस्ता पाताको उत्पादन शुरू गरिसक्नेछ ।
केही महिना पछि एक लाख ४१ हजार मेट्रिक्टन सादा र रंगिन जस्तापाता उत्पादन गर्ने बताइएको छ ।
यसका लागि भारतको मुम्वईबाट आधुनीक मेसिन समेत ल्याई सकेको उद्योगका उपाध्यक्ष शर्माको कथन छ । शर्माले भने, हामिले अहिले नयाँ प्लान्टका लागि सात विगाहा खेत खरिद गरि सकेका छौ र  उद्योगकै छेउमा अर्को प्लान्ट संचालनमा ल्याउँछौं ।
 कुल तीन अर्वको लगानीमा सन्् २००२ मा स्थापना भएको उद्योगले बर्षेनी चार देखि पाँच अर्व रुपैयाँ बराबरको कर्कटपाता तथा जस्तापाता विक्री गर्दै आएको छ । े नेपाल सरकारलाई राजस्व बुझाउने उद्योगहरु मध्ये आरती पनि प्रमुख स्थानमा रहेको शर्माको दाबी छ । उद्योगले बर्षेनी २० देखि ३० करोड रुपैयाँ बराबर राजस्व बुझाई रहेको छ बताइएको छ ।
हाल उद्योग परिसारमै निर्माण भई रहेको नयाँ प्लान्ट ३० करोड रुपैयाँमा खरिद गरेर ल्याइएको हो । यो प्लान्ट दक्षिण एशियाकै सर्वोत्कृष्ट मेसिन रहेको उद्योगका उपाध्यक्ष शर्माले जनाए । उत्पादित रंगिन जस्ता पाता ५० प्रतिशत नेपालमै र ५० प्रतिशत भारतमा विक्री गरिने योजना छ ।
निर्यात मुलक उद्योग भएका कारण आरतीको बजार भारतको पश्चिम बंगाल, पञ्जाव, उत्तर प्रदेश, हरियाना लगायतका प्रमुख शहरहरुमा छन् ।  हाल सादा जस्ता र कर्कटपाता उत्पादन गर्ने यस उद्योगले ७० प्रतिशत भारतमा र ३० प्रतिशत नेपालमा विक्री गरि रहेको छ । सुनसरी मोरङ करिडोरका अरुण बनस्पति, सुर्य नेपाल बहुराष्ट्रिय गार्मेेन्ट उद्योग बन्द भएको बेला आरतीले नयाँ प्लान्ट संचालनमा ल्याएपछि सहज औद्योगीक वातावरणको निर्माण हुने महसुस व्यावसायीहरुले गरेका छन्। हाल चार सय ५० जना मजदुर तथा कर्मचारी कार्यरत यस उद्योगमा नयाँ प्लान्ट संचालन पछि थप एक सय मजदुरले रोजगारी पाउने उपाध्यक्ष शर्माले बताए । भारतको उच्च घरनाका उद्योगीको भूषण ग्रुपको लगानीमा स्थापित यो उद्योग भारतमा निर्यात गर्ने नेपालको अग्रणी मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्