दृष्टिविहिन पनि गुरुकुल नाटकका दर्शक बने

<span class='c1'>दृष्टिविहिन पनि गुरुकुल</span> <span class='c2'>नाटकका दर्शक बने</span>

विराटनगर, २१ माघ । ‘रंगमञ्च नाटक हेर्न दृष्टि चाहिन्छ । यो हेरिने कला हो ’ धेरै अघि देखि बसि आएको मान्यता हो यो । तर शनिवार विराटनगरको शुशिला कोइराला नाट्य घरमा यो मान्यतालाई तोडिने दृष्य देखियो । विराटनगरका चौकहरुमा कागति र खुर्सानिको माला बेच्दै हिडिरहेको देखिने दृष्टिविहिन चिरञ्जीवि शर्मा गुरुकुलको नाटक हेर्न पुगेका थिए । जब नाटक सुरु भयो मञ्च अघिको कुर्सिमा बसि उनी ध्यान दिएर नाटक सुनिरहेका थिए । बेला बेला मुस्कुराउथे अनि केहि गम्भिर हुन्थे । ‘सुनेर नाटकको मज्जा लिँए’ उनले भने ‘संगितले पनि नाटक बुझ्न निक्कै सहयोग पुर्यायो’ । शहरमा चलेको चर्चाको कारण पहिलो पटक नाटकमा सहभागी हुन आएको बताउने शर्माले नाटकले सबै वर्गलाई समेट्न सक्ने बताए ।

दर्शकहरुको उपस्थितिका कारण तोकिएको भन्दा २ दिन लम्बिएको गुरुकुल नाटक ‘कफ्र्यु’को अन्तिम दिन नाटक हल दर्शकहरुले खचाखच भएको थियो । हल क्षमताभन्दा दर्शकहरु धेरै भएपछि भुइमा गलैचा ओच्छ्याएर समेत देखाइएको थियो । साहित्यबार विवश पोखरेलको लेखन र लक्ष्मणपुण्य लामिछानेको निर्देशनमा गत माघ १० गतेदेखि देखाउन सुरु गरिएको नाटक कफ्र्युले ४६ सालको जनआन्दोलनको यथार्थ चित्रण प्रस्तुत गरिएको थियो । सहिद सप्ताहको सन्दर्भ पारेर गुरुकुल विराटनगरले मञ्चन गरेको नाटकमा जनताले देशमा परिवर्तन ल्याउन गरेको संघर्ष र योगदानलाई देखाइएको थियो । नाटकमा नाट्यकलामा लामो समयदेखि हराइरहेका पुराना र नयाँ कलाकारहरुले अभिनय गरेका थिए । ‘नयाँ र पुराना कलाकारको समिश्रण भए पनि नाटकमा त्यस्तो ग्याप देखिएन’ कलाकार महेश तुलाधरले भने ‘जागिरे जिवनको कारण नाटकबाट पर थिए नाटकको सफलताले निरन्तरता दिने हौसला थपेको छ’ । ४५ सालदेखि नाट्य क्षेत्रबाट टाढा रहेका तुलाधर बिचमा ६२ सालतिर ‘मनको लड्डु’ नामक नाटकमा देखापरेका थिए । उनको अनुसार त्यसयताको उनको यो पहिलो नाटक हो । उनीसँगै यसै नाटकबाट कमब्याक गरेका नाट्य तथा संगितकार प्रमे आशा दाहालले पनि नाटकको सफलताले आफुलाई हौस्याएको बताए । ‘३२ सालमा विरेन्द्र सभागृहमा देखाइएको ‘सिता हरण’ नामक गिति नाटकमा अभिनय गरेको थिए’ उनले भने ‘पछि संगित क्षेत्रमा लागेपनि रंगमञ्चलाई निरन्तरता दिन सकिरहेको थिइन’ । ५५ साल तिर भानु मोरङ संस्कृतिक समुहबाट भारतको विभिन्न सहरमा आफ्नो साँगितिक प्रस्तुती देखाएका दाहालले स्वरसम्राट नारायण गोपाल, उदितनारायण झालगायतसँग काम गरिसकेका छन् ।
राष्ट्रभाव र मानविय संवेदनालाई सँगसँगै डोहोर्याएको नाटकले समग्रमा विराटनगरवासीलाई आकर्षित गर्न सक्षम भएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
नाटकमा गण्डकिपुत्र, रामकुमार प्याकुरेल, जीवन कुइकेल, प्रयाग न्यौपाने, दुर्गा कोशियाली, सिता न्यौपाने, रामभजन कामत, सुनिता घिमिरे, खेम नेपाली, मिलन नेपाली, भैरव क्षेत्री, उमा दाहाल, दशरथ साहलगायत कलाकारहरुको अभिनय रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्