“एमाले नेता सहभागी हुने बैठकमा नजाने” – राजेन्द्र महतो

“एमाले नेता सहभागी हुने बैठकमा नजाने” – राजेन्द्र महतो

विवादित विषयमा सहमतिका लागि प्रधानमन्त्री सुशील कोइरालाले बोलाउनु भएको मधेसी मोर्चासहितको संयुक्त बैठकमा मधेसी मोर्चा नजाने भएको छ। मोर्चाले एमाले अध्यक्ष केपी ओलीले आफूहरुको मानमर्दन गरेको भन्दै एमाले नेता सहभागी हुने बैठकमा नजाने आफ्नो निर्णयमा अडिग रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो ।rajendra mahato
महतोले ओलीको अभिव्यक्ति समग्र मधेस र मधेसी जनताको अपमान भएको बताउनुभयो। ओलीले गरेको अपमानको महसुस गरी माफी नमागेसम्म संविधान लगायतका विषयमा अरु सबै पक्षसँग मधेसी मोर्चा वार्तामा बसेपनि एमालेसँग बार्तामा बस्न नसक्ने महतोले बताउनुभयो ।
यता, संविधान निर्माणमा सहमतिका लागि हदैसम्म लचिलो बन्ने भन्दै कांग्रेस र एमालेका शीर्ष नेताहरुले आज बिहानैदेखि छलफल थालेका छन् । शासकीय स्वरुप र न्याय प्रणालीमा लचिलो बने पनि जातीय आधारमा राज्य पुर्नसंरचना गर्ने र हिमाल,पहाड तराईलाई अलग गरेर प्रदेश बनाउने कुरामा भने सम्झौता नहुने दुवै दलले प्रष्ट पारेका छन् । कांग्रेस एमालेले राष्ट्रपति र प्रधानमन्त्रीमा अधिकार बाँडफाँड गर्ने गरि शासकीय स्वरुपमा लचिलो हुने सहमति गरेका छन् । त्यस्तै एमाओवादीले भने जस्तै दश वर्षका लागि अलग्गै संवैधानिक अदालत खडा गर्न पनि उनीहरु लचिलो भएका छन् ।
मिश्रित निर्वाचन प्रणालीमा पनि उनीहरु सहमत हुने भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्