पुस २९ गतेभित्र सहमति नभए अर्को प्रक्रिया शुरु गर्न माग

पुस २९ गतेभित्र सहमति नभए अर्को प्रक्रिया शुरु गर्न माग

कांग्रेस र एमाले लगायत बिभिन्न दलका सभासदहरुले पुस २९ गतेभित्र सहमति नभए अर्को प्रक्रिया शुरु गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् । सहमतिका लागि अबको चार दिन अन्तिम भन्दै त्यसपछि मिलेका सहमति, नमिलेकामा दुई तिहाई बहुमतको आधारमा भने पनि माघ ८ मा संविधान जारी गर्नुपर्ने उनीहरुको माग छ । कांग्रेस एमालेका युवा सभासद दबाब अभियानले आज संविधानसभा भवनमै सबै दलका सभासदहरुको बहुमत भेला आयोजना गरेको छ । आजबाटै सभासदहरुको हस्ताक्षर शुरु हुने र २९ गते ११ बजेको बैठकसम्ममा संवाद समितिबाट सहमतिको प्रस्ताव नआए दुई तिहाई भन्दा बढि सभासदको हस्ताक्षर सभाध्यक्षलाई बुझाइने कांग्रेस सभासद रामहरी खतिवडाले बताउनुभयो । अभियानका अगुवा एमाले सभासद प्रकाश ज्वालाले नेताहरुका लागि सहमतिको यो अन्तिम अवसर भएको भन्दै त्यसपछि पनि आलटाल गरिए सभासदको जीवन मरणको सवाल हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्