तत्काललाई खोप अभाव हटाउने पहल

तत्काललाई खोप अभाव हटाउने पहल

काठमाडौं, पुस २७ - झण्डै २ महिनादेखि देखिएको खोपको अभाव हटाउन सरकारले पहल थालेको छ । तत्कालका लागि यूनिसेफसँग खोप खरिद गरेर सरकारले अभाव हटाउन लागेको हो ।

आर्थिक वर्ष २०६९/ ७० र २०७०/०७१ सालमा खोप खरिदका लागि नियमित टेण्डर नगर्दा अहिले बालबालिकालाई जन्मेको एक महिनाभित्र लगाउने पहिलो खोप बिसीजी र नौ महिना पुगेपछि लगाईने एमआर भ्याक्सिनको अभाव देखिएको हो ।  बालस्वास्थ्य महाशाखाका निर्देशक कृष्ण पौडेलका अनुसार तत्काललाई राहत मिल्ने गरी म‌गलबार दादुर र रुवेला विरुद्धको एमआर  भ्याक्सिन आईपुग्ने छ भने आउँदो १ गते क्षयरोग प्रतिरोधक क्षमता बढाउने विसीजी खोप ल्याउने तयारी छ ।

अहिले आउने विसीजी खोप ६ महिनासम्मका लागि पुग्ने र एमआर भ्याक्सिनले झण्डै साढे २ महिना धान्ने निर्देशक पौडेलले बताउनुभयो । यो अवधि पछि पनि खोपको अभाव हटाउन अहिले नै खरिदका लागि प्रक्रिया अघि बढाईसकिएको बालस्वास्थ्य महाशाखाका निर्देशक कृष्ण पौडेलले बताउनुभयो । उहाँले खोप आईपुग्नासाथ अभाव देखिएका जिल्लाहरुमा तुरुन्त पठाउने तयारी भएको जानकारी दिनुभयो ।

Source: Ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्