विपक्षीदलहरुको छलफल आज पनि

विपक्षीदलहरुको छलफल आज पनि

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले बैद्य माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समिति संग संयुक्त आन्दोलन सम्बन्धी थप छलफल गर्ने भएको छ । संयुक्त रुपमा ६ गते आन्दोलन गर्न सहमती गरेका दलहरुले थप छलफल गर्ने भएका हुन । छलफल दिउँसो २ बजे सिंहदरबार स्थीत एकिकृत माओवादी संसदीय दलको कार्यालयमा सुरु हुने भएको छ । छलफलमा आन्दोलनको संयुक्र कार्यक्रम सम्बन्धी छलफल हुने नेताहरुले बताएका छन् । यसैविच बैद्य माओवादीले ३ गते र ३० दलले ५ गते आहृवान गरेको नेपाल बन्द फिर्ता लिएका छन् भने संयुक्त रुपमा ६ गते बन्द आह्वान गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र आदिवासी जनजाति राष्ट«िय आन्दोलनका संयोजक पदमरत्न तुलाधरसहितका नेताबीच हिजो भएको छलफलमा बन्द एकै दिन बनाउने सहमति भएको एक नेताले बताए । यसअघि बैद्य माओवादीले माघ ३ गते र ३० दलीय मोर्चाले माघ ५ गते नेपाल बन्द आह्वान गरेका थिए । ३० दलीय मोर्चाको मंगलबार बेलुका बसेको बैठकमा पनि बन्द र हड्तालले जनतामा मर्का परेको र सत्तापक्षले यसमा खेल्न खोजेको विश्लेषण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्