दुई तिहाइ बहुमतको प्रक्रियाबाट माघ ८ गते संविधान जारी गर्ने सपना नदेख्न आग्रह

दुई तिहाइ बहुमतको प्रक्रियाबाट माघ ८ गते संविधान जारी गर्ने सपना नदेख्न आग्रह

subash nembangसंविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई तिहाइ बहुमतको प्रक्रियाबाट माघ ८ मा संविधान जारी नहुने प्रष्ट पार्नुभएको छ । आज आफ्नै निवासमा आज रिपोर्टस क्लबको टोलीको ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले प्रक्रियामा गएर संविधान बनाउन समय लाग्ने बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमालेले फास्ट ट्रयाक विधि अपनाएर संविधान ल्याउने बताइरहेका बेला सभाध्यक्ष नेम्वाङले दुई तिहाइ बहुमतको प्रक्रियाबाट माघ ८ गते संविधान जारी गर्ने सपना नदेख्न आग्रह गर्नुभयो । दलहरुबीच विषयवस्तुमा सहमति भएको अवस्थामा मात्र माघ ८ मा संविधान ल्याउन सकिने हाँको भनाइ थियो । दलहरुबीच न्याय प्रणालीमा सहमति भैसकेको तथा संघीयता, राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा पनि ठुलो विवाद नरहेको भन्दै उहाँले प्रक्रियामा जानु भन्दा सहमति गर्न कांग्रेस र एमालेलाई सुझाव दिनुभयो । पुस २९ को संविधानसभाको बैठक स्थगित गर्न एकीकृत माओवादीले आग्रह गरेपनि कांग्रेस र एमालेले नमानेका कारण बैठक संचालन गरेको प्रष्ट पार्दै उहाँले एकीकृत माओवादीले बहिष्कार गरेको कुरा सत्य नभएको बताउँनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्