पेट्रोलियम पदार्थको भाउ फेरि घट्यो

पेट्रोलियम पदार्थको भाउ फेरि घट्यो

पेट्रोलियम पदार्थको भाउ फेरि घटेको छ । नेपाल आयल निगमले आज बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २ –२ रुपैया घटाएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ मुल्य आज १० बजेदेखि नै लागु भएको छ । अब पेट्रोल लिटरको १ सय ११ रुपैँया ५० पैसा पर्नेछ भने डिजेल र मट्टितेललाई ८८ रुपैँया तिर्नुपर्नेछ । स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थको मूल्य घटेको यो सातौ पल्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्