रौतहटको धन्सर पुल नजिकै मोटरसाइलक दुर्घटना

रौतहटको धन्सर पुल नजिकै मोटरसाइलक दुर्घटना

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धन्सर पुल नजिकै मोटरसाइलक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । गएराती ज ३ प २९० नम्वरको मोटरसाइकल पल्टिँदा महोत्तरी माइस्थान गाबिस ३ का २७ बर्षिय नर बहादुर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
राजमार्गमा कुनै गाडीले मोटरसाइकल लाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीको आशंका छ । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्