आज सोनाम ल्होसार

आज सोनाम ल्होसार

आज सोनाम ल्होसार पर्व । तामाङ समुदायले आज विभिन्न कार्यक्रमका साथ यो पर्व मनाइरहेका छन् । मन्जुश्रीले विकाश गरेको चन्द्र पात्रोअनुसार नयाँ वर्ष २८५१ को अवसरमा आजदेखि भेडा वर्षलाई स्वागत गरिएको छ ।
सोनाम ल्होसारको अवसरमा राष्ट्रपति डा.रामवरण यादवले शुभकामना सन्देश दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । उँहाले यस पर्वले आफ्नो समुदायको पहिचान र हिमाल, पहाड तराईमा बस्ने नेपालीबीच बन्धुत्वको भावना बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । सोनाम ल्होसारको अवसरमा राजधानीमा रहेका तामाङ समुदायले टुँडिखेलमा कार्यक्रम गर्दैछन् । सोनाम ल्होसारकै अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्